मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गरेर आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ० खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन् ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ ।

व्रत बस्नु अघिल्लो दिन ९आज० व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

गौशाला, २७ भदौ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गरेर आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन् ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ ।

व्रत बस्नु अघिल्लो दिन (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने भोलि बिहान काग कराउनुभन्दा पहिल्यै व्रत बस्ने महिलाले ओठगन ( ओठमा खानेकुरा लगाउने) गर्नुपर्छ ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको भएको पण्डित कालिकान्त झा बताउनुहुन्छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भने यो पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले दिवंगत पितृलाई पिण्ड चढाउछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकारे, खकार फाले वा जिब्रो टोके भने व्रत असल भएको मानिने भएकाले खड जितिया पनि भनिन्छ । एक पटक असफल भएकी महिला आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ । रासस
आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने भोलि बिहान काग कराउनुभन्दा पहिल्यै व्रत बस्ने महिलाले ओठगन ९ ओठमा खानेकुरा लगाउने० गर्नुपर्छ ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको भएको पण्डित कालिकान्त झा बताउनुहुन्छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भने यो पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले दिवंगत पितृलाई पिण्ड चढाउछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकारे, खकार फाले वा जिब्रो टोके भने व्रत असल भएको मानिने भएकाले खड जितिया पनि भनिन्छ । एक पटक असफल भएकी महिला आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?