गजल (कमल संघर्ष)

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १०, २०७४
|
|
७७० पटक हेरिएको
Shares
गजल (कमल संघर्ष)

सारांश

  • भन्न मन त निकै छ नि अरू के भनौं?
  • भन्ने मौका दिन्नौ अनि अरू के भनौं?
  • अामा र देश पैले देखि बसिरहेछन् दिलमै बस तिमी पनि अरू के भनौं?

भन्न मन त निकै छ नि अरू के भनौं?

भन्ने मौका दिन्नौ अनि अरू के भनौं?

अामा र देश पैले देखि बसिरहेछन्

दिलमै बस तिमी पनि अरू के भनौं?

अाफू जस्तो बन्ने प्रयास गर्दागर्दै पनि

तिमी जस्तै भाे चाँदनी अरू के भनौं?

बाँचुन्जेल देशको भएँ अरूको भएन

मर्न मन छ तिम्रो बनी अरू के भनौं?

फेरि पनि गुलाफ कमल सम्म पुग्यो

फेरि बल्झियो दुस्मनी अरू के भनौं?

©कमल संघर्ष

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?