१०९ वर्षीया वृद्धा सम्मानित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
१०९ वर्षीया वृद्धा सम्मानित

सारांश

  • तेह्रथुम, ४ वैशाख, ज्येष्ठ नागरिक जिल्ला संघ, तेह्रथुमले मातातीर्थ औँशीका अवसरमा सोमबार १०९ वर्षीया एक वृद्धालाई सम्मान गरेको छ ।
  • म्याङलुङ नगरपालिका–३, नागदह निवासी १०९ वर्षीया पदममाया श्रेष्ठलाई संघले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
  • कार्यक्रममार्फत वृद्धा श्रेष्ठको सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरिएको छ ।

तेह्रथुम, ४ वैशाख, ज्येष्ठ नागरिक जिल्ला संघ, तेह्रथुमले मातातीर्थ औँशीका अवसरमा सोमबार १०९ वर्षीया एक वृद्धालाई सम्मान गरेको छ ।

म्याङलुङ नगरपालिका–३, नागदह निवासी १०९ वर्षीया पदममाया श्रेष्ठलाई संघले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । कार्यक्रममार्फत वृद्धा श्रेष्ठको सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरिएको छ ।

श्रेष्ठलाई घरैमा गएर म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगीको प्रमुख आतिथ्यतामा संघका पदाधिकारी र सदस्यको टोलीले सम्मान गरेको संघका जिल्ला सचिव उमानाथ भट्टराईले बताउनुभयोे ।

कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघले गर्दै आएका गतिविधिको विषयमा समेत छलफल भएको थियो । कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष केदारप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?