महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २७, २०८१
|
|
४७ पटक हेरिएको
Shares
महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री

सारांश

  • मुम्बई ।
  • चलचित्र तथा कलाकारहरुको अबस्थाको मूल्याँकन गर्ने साईट ‘आईएमडिबी’ २०२४ अगष्टसम्मको बलिउडका अभिनेत्रीहरुको पारिश्रमिक अबस्था सार्वजनिक गरेको छ ।
  • आईएमडिबीले सार्वजनिक गरेको विवरण अनुसार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा दीपिका पादुकोण पहिलो नम्बरमा छिन् ।

मुम्बई । चलचित्र तथा कलाकारहरुको अबस्थाको मूल्याँकन गर्ने साईट ‘आईएमडिबी’ २०२४ अगष्टसम्मको बलिउडका अभिनेत्रीहरुको पारिश्रमिक अबस्था सार्वजनिक गरेको छ । आईएमडिबीले सार्वजनिक गरेको विवरण अनुसार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा दीपिका पादुकोण पहिलो नम्बरमा छिन् । उनी सहित उत्कृष्ट पारिश्रमिक लिने पाँच अभिनेत्रीको ’boutमा हामीले यहाँ जानकारी दिँदैछौं ।

१. दीपिका पादुकोण

सन २००७ मा चलचित्र ओम शान्ति ओमबाट बलिउडमा अभिनेत्रीको रुपमा आएकी दीपिका पादुकोण, ६ जनवरी १९८६मा कोपनहेगन, डेनमार्कमा जन्मेकी हुन् । मोडलिङबाट अभिनेत्रीको रुपमा बलिउडमा प्रवेश गरेकी उनी अहिले पनि त्यत्तिकै सक्रिय छिन् । यसै साता छोरीको आमा बनेकी दीपिकाको नयाँ चलचित्र सिंघम एगेन रिलिजको तयारीमा रहेको छ । अभिनेत्री दीपिकाले पछिल्लो चलचित्र कल्की २८९८ एडीमा ३० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षले जनाएको छ । बलिउडका अभिनेत्रीहरु मध्य अहिलेसम्म सबैभन्दा महँगो पारिश्रमिक नै यही हो । यस अघि सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सुचीमा कँकना थिईन् । कल्कीबाट कँगनालाई दीपिकाले उछिनेकी हुन् ।

२. कंगना रनौत

अभिनेत्री कंगना रनौत बलिउडमा यतिबेला दोश्रो नम्बरमा छिन् । उनी अभिनेत्रीसँग निर्माता र भारतीय साँसद पनि हुन् । २३ मार्च १९८७ मा हिमाचल प्रदेशको मण्डी जिल्लामा जन्मिएक उनले सन २००६ मा चलचित्र ग्याङस्टारबाट बलिउडमा डेब्यु गरेकी थिईन् । उनी चलचित्र क्विनबाट चम्किएकी हुन् । उनी अभिनयबाट राष्ट्रिय पुरस्कार बिजेता अभिनेत्री पनि हुन् । यतिबेला अभिनेत्री कंगनाको नयाँ चलचित्र इमर्जेन्सी रिलिजको तयारीमा छ । भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गाँधीको राजनीतिक जीवनको उतारचढावमा यो चलचित्र केन्द्रित छ । यो चलचित्रमा उनले अभिनयबापत २७ करोड रुपैयाँ पारिश्रमिक लिएको बताईएको छ । अभिनेत्री कंगना १५ देखि २७ करोडसम्म पारिश्रमिक एउटा चलचित्रबाट लिन्छिन् । उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा दोश्रो स्थानमा छिन् ।

३. प्रियंका चोपडा जोनास

अभिनेत्री प्रियँका चोपडाले चलचित्र द हिरोबाट सन २००२मा बलिउडमा डेब्यु गरेकी हुन् । १८ जुलाई २०८२ मा जमशेदपुर, भारतमा जन्मेकी प्रियँका दुई दशक भन्दा लामो समयदेखि बलिउड फिल्ममा कार्यरत छन् । पछिल्लो समय नयाँ चलचित्र पाणीमा व्यस्त छिन् । सन २०२४ मा पाणी र टाईगर गरी यी अभिनेत्रीले दुई वटा चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेकी छिन् । उनी महँगो पारिश्रमिक लिने बलिउड अभिनेत्रीको सूचीमा तेश्रो नम्बरमा छिन् । पछिल्लो समय प्रियँकाले एउटा चलचित्रबाट २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् । उनले १५ करोड देखि २५ करोड रुपैयाँसम्म पारिश्रमिक एउटा चलचित्रबाट लिने गरेकी छिन् ।

४. कट्रिना कैफ

यस्तै बलिउडकी अर्की अभिनेत्री कट्रिना कैफ पनि राम्रो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा चौथो नम्बरमा परेकी छिन् । सन २००३ मा निर्माण भएको चलचित्र बुमबाट उनले अभिनेत्रीको रुपमा बलिउडमा डेब्यु गरेकी थिईन् । उनी बेलायतमा जन्मिएकी हुन् । त्यसपछिबाट उनले कैयौं हिट चलचित्र दिईसकेकी छिन् । यी अभिनेत्रीको यो वर्ष मेरी क्रिसमस चलचित्र रिलिज भयो भने यतीबेला उनी अरु दुई चलचित्रको छायाँकनमा छिन् । यी अभिनेत्रीले पनि एउटा फिल्मबाट न्युनतम १५ करोड रुपैयाँ र अधिकतम २५ करोड रुपैयाँ लिने गरेको रिपोर्टमा उल्लेख छ । चलचित्रको सँख्याको हिसाबले प्रियँका भन्दा पछाडी भएकाले उनी चौथो नम्बरमा परेकी हुन् ।

५. आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो पुस्ताकी लोकप्रिय नायिका हुन् । रणबीर कपुरसँग विवाह गरेर पछिल्लो समय घरजाममा व्यस्त भए पनि उनी बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पाँचौ स्थानमा छिन् । १५ मार्च १९९३मा मुम्बईमा जन्मीएकी अभिनत्री आलियाले सन २०१२ मा करण जौहरको चलचित्र स्टुडेन्ट अफ द ईयरबाट बलिउडमा नायिकाको रुपमा डेब्यु गरेकी हुन् । त्यसपछि उनको अर्को चलचित्र हाई वे पनि हिट भएपछि आलियाले थुप्रै सफल चलचित्र बलिउडलाई दिईसकेकी छिन् । एक समय बलिउडकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूची उनी पहिलो नम्बरमा थिईन् । पछिल्लो पटक एउटा चलचित्रमा २० करोड रुपैयाँ पारिश्रमिक अभिनेत्री आलियाले लिएकी थिईन् । चाँडै चलचित्रमा फर्कने तयारीमा रहेकी आलियमा १० करोड देखि २० करोड रुपैयाँसम्म पारिश्रमिक एउटा चलचित्रबाट लिने अभिनेत्री हुन् । बलिडका महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा यतिबेला आलिया भट्ट पाँचौ स्था नमा छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रसँगै प्रदेश आईजिपीको दौडधुप सुरु
केन्द्रसँगै प्रदेश आईजिपीको दौडधुप सुरु
उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
हत्या भएको दश वर्ष पछी हत्यामा दोशिलाई जन्म कैदको फैसाला
हत्या भएको दश वर्ष पछी हत्यामा दोशिलाई जन्म कैदको फैसाला
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते
जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते
माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)
माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?