अमिताभ बच्चन विरामी

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
अमिताभ बच्चन विरामी

सारांश

  • एजेन्सी ।
  • बलीवुड सुपरस्टार अमिताभ बच्चन विरामी भएका छन् ।
  • अमिताभ बच्चन आफैले ट्वीटरमा आफ्नो स्वास्थ्य ठिक नभएको जानकारी दिएका छन् ।

एजेन्सी । बलीवुड सुपरस्टार अमिताभ बच्चन विरामी भएका छन् । अमिताभ बच्चन आफैले ट्वीटरमा आफ्नो स्वास्थ्य ठिक नभएको जानकारी दिएका छन् ।

उनी हरेक आइतबार प्रशंसकसँग भेट्ने गर्थे तर, यो आइतबार भने उनले कसैले भेटेनन् । अमिताभले स्वास्थ्य समस्यका कारण यो आइतबार कसैलाई नभेटेको बताएका छन् ।

७६ वर्षीय अमिताभ बच्चन पछिल्ला ३६ वर्षदेखि मुम्बईको जुहूस्थित आफ्नो घरमा प्रशंसकहरुसँग भेट्ने गर्थे । उनको यस्तो भेटघाट कार्यक्रमलाई सन्डे दर्शन भनिन्छ । यो कार्यक्रममा ठूलो संख्यामा मानिसहरु अमिभातलाई भेट्ने गर्छन् ।

अमिताभले ट्वीटरमा लेखेका छन्, ‘आज सन्डे दर्शन गर्न सक्ने छैन । हजुरहरु सबैलाई सूचित गर्छु स्वास्थ्यमा समस्या छ । चिन्ताको कुनै कुरा छैन । बाहिर आउनमात्र नसक्ने भएको छु ।’

अमिताभ बच्चन हाल फिल्म ब्रह्मास्त्र र तेरा यार हुँमा काम गरिरहेका छ । उनी यो उमेरमा पनि सक्रिय रुपमा काम गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?