मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २, २०७९
|
|
५० पटक हेरिएको
Shares
मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा

सारांश

  • मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ ।
  • ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए ।
  • लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो । हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । विद्युत् आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो । बाढीले क्षति पुर्‍याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम ०७९ वैशाखभित्रै सम्पन्न भएको केन्द्रका प्रमुख सुवेदीले बताए ।

अहिले चामे क्षेत्रका करिब ९० घरधुरी बिजुलीबाट लाभान्वित भएका छन् । यो सबस्टेसनबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मनाङमा ०७७ फागुनमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
हुम्लामा हिमपात, जनजीवन कष्टकर
हुम्लामा हिमपात, जनजीवन कष्टकर
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, यी हुन् रूट
दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, यी हुन् रूट
संघ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ
संघ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ
मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
अफगानिस्तानमा तालिबानीको आक्रमण, पाँच सैनिकको मृत्यु
अफगानिस्तानमा तालिबानीको आक्रमण, पाँच सैनिकको मृत्यु
राजेश पायल राईको नयाँ गीत ‘रङ्गियो रे सिउँदो’ ‘भिडियो’
राजेश पायल राईको नयाँ गीत ‘रङ्गियो रे सिउँदो’ ‘भिडियो’

तपाईंले छुटाउनुभयो कि?