पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन

सारांश

  • काठमाडौं, २५ भदौ ।
  • खानेपानी मन्त्री बिना मगरले खानेपानीका ठूला साना आयोजनाहरु रफ्तारमा अघि बढाउने बताएकी छन् ।
  • खानेपानी मन्त्रालयमा सोमवारबाट शुरु भएको साप्ताहिक बैठकमा बोल्दै मन्त्री मगरले भनिन्, “नयाँ योजनाका साथ खानेपानी आयोजनाका कामलाई अगाडि बढाउन द्रुतगतिले काम गरिने छ ।

काठमाडौं, २५ भदौ । खानेपानी मन्त्री बिना मगरले खानेपानीका ठूला साना आयोजनाहरु रफ्तारमा अघि बढाउने बताएकी छन् । खानेपानी मन्त्रालयमा सोमवारबाट शुरु भएको साप्ताहिक बैठकमा बोल्दै मन्त्री मगरले भनिन्, “नयाँ योजनाका साथ खानेपानी आयोजनाका कामलाई अगाडि बढाउन द्रुतगतिले काम गरिने छ ।”

मन्त्री मगरले पुराना योजनाहरुको प्रगति सन्तोषजनक रहे पनि यतिले मात्रै नपुग्ने भन्दै कामको गति बढाउने बताइन् । जनताले महसुस गर्नेगरी कामको नतिजा निकाल्न उनले मन्त्रालय र मातहतका विभागीय प्रमुखहरुलाई निर्देशन पनि दिइन् । कतिपय आयोजनाका कामहरु गर्दै जाँदा समस्या आइपरेमा सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गरेर अघि बढ्ने उनले बताइन् ।

पुरानो ढर्राले नभई नयाँ तरिकाले कामलाई अघि बढाउन उनले कर्मचारीहरुलाई निर्देशन दिइन् । उनले भनिन्, “जनताका गुनासो आउन दिनु भएन । कामको प्रगति के कसो भइरहेको छ ? कहाँ समस्या आइरहेको छ, मलाई निर्धक्क भएर भन्नुस्, म त्यसको समाधान निकाल्ने प्रयत्न गर्छु ।”

बैठकमा मेलम्चीको काम समयमै सक्न पनि मन्त्री मगरले निर्देशन दिइन् । मेलम्ची आयोजनाको काम तीव्र गतिले अघि बढेको विभागीय कर्मचारीहरुले बताएका थिए । हरेक साता आयोजनाहरुको प्रगति समीक्षा गर्न बैठक बस्ने उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?