एक दर्जन सहकारीले पाए अनुदान

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
एक दर्जन सहकारीले पाए  अनुदान

सारांश

  • बनेपा, ५ असार ।
  • काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् ।
  • सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् ।

बनेपा, ५ असार । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् ।

सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् ।

गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले बताउनुभयो ।

गत साउनअघिदेखि एक वर्षको दूध उत्पादनको अवस्था हेरेर सहकारीमार्फत कृषकलाई अनुदान दिइने उल्लेख गर्दै डा श्रेष्ठले यसलाई परीक्षणकालका रुपमा हेरिएको बताउनुभयो । ती सहकारीले कम्तीमा ५० लिटर दूध सङ्कलन गर्नेछन् ।

अनुदान वितरणका लागि मूल्याङ्कन समितिबाट छनोट भएका सहकारीमा बनेपास्थित रविओपीको देउराली दूध उत्पादक सहकारी संस्था लि रु २० लाख नौ हजार ८९४, पाँचखालको अनेकोटस्थित अनेकोट दुग्ध उत्पादक सहकारी संस्थाले रु चार लाख १० हजार ४०८, मण्डनदेउपुर नगरपालिकास्थित महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख २३ हजार ७१२, पाँचखाल नगरपालिकाको सिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख १६ हजार, देउपुरको ब्रह्मायणी दुग्ध उत्पादक सहकारी संस्थाले रु एक लाख ८३ हजार ६०० वार्षिक अनुदान पाउने छन् ।

त्यस्तै धुलिखेलस्थित कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख ९० हजार ५६७, ज्याम्दीको ठुल्दीबेँसी दुग्ध उत्पादक सहकारी संस्थाले रु तीन लाख ५४ हजार ८९०, मण्डन देउपुरको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ७० हजार, सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु १२ लाख ३४ हजार ९८९, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारी संस्थाले रु नौ लाख ७८ हजार ४७५, उमादेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख ४० हजार ८०० र देवीपञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ४७ हजार ८१२ पाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो !
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो !
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
२२ अर्ब राजश्व सङ्कलन
२२ अर्ब राजश्व सङ्कलन
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
डढेलोले देशभर वायु प्रदूषण बढ्दै
डढेलोले देशभर वायु प्रदूषण बढ्दै

तपाईंले छुटाउनुभयो कि?