मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
४८ पटक हेरिएको
Shares
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

सारांश

  • कर्णाली, १९ मङ्सिरः उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
  • बिहीबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्नुपर्ने(नपर्नेबारे लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।
  • मालपोत कार्यालयमा सेवाग्राहीले पाउने सास्तीका सम्बन्धमा अधिवक्ता शेरबहादुर खत्रीले मङ्गलबार उच्च अदालतमा रिट दायर गरेका थिए ।

कर्णाली, १९ मङ्सिरः उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्नुपर्ने(नपर्नेबारे लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

मालपोत कार्यालयमा सेवाग्राहीले पाउने सास्तीका सम्बन्धमा अधिवक्ता शेरबहादुर खत्रीले मङ्गलबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतको आदेशमा मालपोतमा घटना के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी गर्नुपर्ने हो ? आदेश जारी हुन नपर्ने भए कुनै कारण, आधार र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

आदेशमा मालपोत, जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उच्च सरकारी वकिल कार्यालयमार्फत र कर्णाली प्रदेश सरकारलाई मुख्य न्यायाधिवक्ता तथा वीरेन्द्रनगर नगरपालिकालाई आफैँ वा कानूनबमोजिम प्रतिनिधिमार्फत जवाफ पेश गर्न आदेश भएको रिट निवेदक अधिवक्ता खत्रीले जानकारी दिए ।

निवेदनमा जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।-रासस

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
सहारा बनेको छोरो बाकसमा फर्किँदा…
सहारा बनेको छोरो बाकसमा फर्किँदा…
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
शुक्रबार ६ सयले घट्यो सुनको मुल्य
शुक्रबार ६ सयले घट्यो सुनको मुल्य
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी

तपाईंले छुटाउनुभयो कि?