सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने

सारांश

  • काठमाडौँ,  ७ भदाै ।
  • सबै सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ ।
  • ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

काठमाडौँ,  ७ भदाै । सबै सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ । ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । फेसबुक, ट्वीटर, भाइबर जस्ता सामाजिक सञ्जालका माध्यमबाट नागरिकका गुनासा सुन्न तथा तत्काल सम्बोधन गर्नको लागि भन्दै कार्यविधि ल्याइएको हो । यसले नागरिकसँग सरकारी निकायको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।

कार्यविधिअनुसार अब सबै सरकारी कार्यालयले फेसबुक पेज, ट्वीटर एकाउन्ट र भाइबर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने छ । यी सामाजिक सञ्जालमार्फत आमनागरिक र संघसंस्थाले महिला हिंसा, सार्वजनिक सेवा प्रवाहका विकृति, विसंगति, अनियमितता, शान्तिसुरक्षा, विकास, प्रशासन, घटना, दुर्घटना, विपद्लगायत विषयमा उजुरी गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्ता उजुरीमाथि सरकारी निकायले तत्काल जवाफ दिनुपर्ने र समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारी निकायले सामाजिक सञ्जालका एकाउन्ट खोल्दा इमेलको ‘युजर नेम’ व्यक्तिगत नभई पद, शाखा वा कार्यालयअनुसार राख्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । सामाजिक सञ्जाल प्रयोग गर्दा सरकार वा सम्बद्ध निकायको लोगो प्रयोग गर्नुपर्ने छ ।

सरकारी निकायलाई कसैको व्यक्तिगत तथा सार्वजनिक जीवनमा नकारात्मक असर गर्ने खालका सूचना सम्प्रेषण गर्न नहुने कार्यविधिमा उल्लेख छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
​रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता
​रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता
छयालीस हजार यात्रुद्वारा टिकट बुकिङ
छयालीस हजार यात्रुद्वारा टिकट बुकिङ
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
नेपाल कतारसँग पराजित
नेपाल कतारसँग पराजित
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?