जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २९, २०७६
|
|
६९ पटक हेरिएको
Shares
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्

सारांश

  • रिपोर्टर्स नेपाल, २९ माघ।
  • उनी नेपाल प्रहरी अस्पतालको शैयामा छन् ।
  • ३० वर्षे सेवावधि पूरा गरी आजबाट अवकाश पाएका छन् ।

रिपोर्टर्स नेपाल, २९ माघ। उनी नेपाल प्रहरी अस्पतालको शैयामा छन् । ३० वर्षे सेवावधि पूरा गरी आजबाट अवकाश पाएका छन् । उनी अवकाशको बिदाईमा प्रहरी मुख्यालय जान सकेनन् । कारण उनी कोमामै डिआइजीमा बढुवा भए । कोमाबाटै अवकाश पाए ।

अवकाशको माला लगाइदिइन् प्रहरी अस्पतालकी एआइजी डा. आशा सिंहले । राजेन्द्रमान श्रेष्ठ नेपाल प्रहरीका २६ औं आइजीपी सर्वेन्द्र खनालका ब्याची हुन् । उनले खनालसँगैका तीन एआइजी र १७ एआइजीका साथमा अवकाश पाए । श्रेष्ठ तीन वर्ष यता कोमामा छन् ।

नेपाल प्रहरीका होनाहार अधिकृत राजेन्द्रमानले न त डिआइजीको फूली लगाएको थाहापाए न त अवकाश पाएको चाल पाए । कुनैबेला आइजीपीका दाबेदारमध्येका उनी कोमामा पुगेपछि प्रतिष्पर्धाबाट बाहिरिएका थिए । एसएसपी वरियता अनुसार मात्र हुँदो हो भने मात्र पनि उनी कम्तिमा एआइजी बनेर सेवानिवृत्त हुन्थे । तर, त्यो हुन पाएन । कारण थियो ब्याडमिन्टन खेल्दा खेल्दै ढल्नु ।

१५ साउन २०७३ मा ब्याडमिन्ट खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ । श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।

आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे । खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडेका थिए । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका पुष्कर कार्की देखिए । बाजी खनालले नै मारेका थिए ।

श्रेष्ठ कोमामा पुगेबाट आइजीपी बन्ने सम्भावनामा पूर्ण्विराम लागेको थियो । उनी स्वस्थ भएको भए आइजीपी या एआइजी निश्चित रुपमा हुन्थे । कोमामा पुगेपछि उनी केही समय एसएसपी नै रहे ।

श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि निवर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए । गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो ।

श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । कोमामा पुग्नु अघि पूर्व डिआइजी राजेन्द्रमान श्रेष्ठ खेलप्रेमी थिए । नियमित पाँच किलोमिटर दौडन्थे । पाँच किलोमिटर नदौडिई चित्त बुझ्दैन भन्थे । नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
के छ बाबुरामको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
के छ बाबुरामको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ?
योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ?
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
संघीय गणतन्त्रका पक्षधर जो–कसैसँग पनि तालमेल हुन सक्छ : प्रचण्ड
संघीय गणतन्त्रका पक्षधर जो–कसैसँग पनि तालमेल हुन सक्छ : प्रचण्ड
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
दाहालले गरे  रिङरोड र लिङ्करोडको शिलान्या
दाहालले गरे रिङरोड र लिङ्करोडको शिलान्या
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध

तपाईंले छुटाउनुभयो कि?