कम्बोडियाका विपक्षी नेता जमानतमा छुटे

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
४६ पटक हेरिएको
Shares
कम्बोडियाका विपक्षी नेता जमानतमा छुटे

सारांश

  • नोमपेन्ह, २५ भदौ ।
  • राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि कारागारमा रहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार कारगारमुक्त हुनुभएको छ ।
  • गत जुलाइमा सम्पन्न संसदीय चुनावमा हुन सेनको सत्तारुढ दलले पूर्ण बहुमत ल्याएर विजयी भएपछि विपक्षी नेता कारागारमुक्त हुनुभएको हो ।

नोमपेन्ह, २५ भदौ ।राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि कारागारमा रहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार कारगारमुक्त हुनुभएको छ ।गत जुलाइमा सम्पन्न संसदीय चुनावमा हुन सेनको सत्तारुढ दलले पूर्ण बहुमत ल्याएर विजयी भएपछि विपक्षी नेता कारागारमुक्त हुनुभएको हो ।

कम्बोडियाको विपक्षी दल नेसनल रेस्क्यू पार्टी (सीएनआरपी) का अध्यक्ष केम सोखालाई सेप्टेम्बर ३, २०१७ मा गिरफ्तार गरी राज्यद्रोहको आरोपमा कारागारमा राखिएको थियो ।विपक्षी नेता सोखामाथिको आरोप राजनीतिक प्रेरित रहेको बताइन्छ । पक्राउ परेको दुई महिना पछि नै सोखाको दल सीएनआरपीलाई अदालतले भङ्ग गरिदिएको थियो ।विपक्षी दलको विघटन र त्यसका अध्यक्ष पक्राउ परेलगत्तै संसदीय चुनाव गरिएका कारण प्रधानमन्त्री हुन सेनको कम्बोडिया पिपुल्स पार्टीलाई संसदका सबै १२५ स्थान जित्ने अवसर जुरेको थियो । अहिले कम्बोडियामा एकदलीय शासन कायम भएको छ भने हुन सेनको कार्यकाल पाँच वर्ष थप भएको छ ।

कम्बोडियाको दुर्गम स्थानमा रहेको कारागारबाट रिहालगत्तै राजधानी नोमपेन्ह आएका सोखालाई स्वागत गर्न उहाँका समर्थक र सञ्चारकर्मीको राजधानीमा ठूलै भिड लागेको थियो । नोमपेन्हको अदालतले सोखालाई धरौटीमा रिहा गरिएको र देश छाड्न अनुमति नदिइएको जनाएको छ ।राष्ट्रद्रोहको आरोपमा दोषी ठहरिए सोखाले ३० वर्षको कारागार सजाय पाउनुहुनेछ । उहाँकी छोरी मोनोभिथ्या केमले अदालतको आदेश केही सकारात्मक भएपनि घरमै नजरबन्दजस्तो परिस्थिति रहेको बताउनुभयो ।कतिपय राजनीतिक समर्थकहरुले केम सोखाको रिहाईले विपक्षीहरुमा आशाको सञ्चार गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपकुलपति र डीन कार्यालयमा तालाबन्दी
उपकुलपति र डीन कार्यालयमा तालाबन्दी
चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई
चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई
निर्मला हत्याकाण्ड : डिएनए नमिल्दा परीक्षणमाथि नै शंका
निर्मला हत्याकाण्ड : डिएनए नमिल्दा परीक्षणमाथि नै शंका
बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय
बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो
ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती
विदेश पठाउने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
विदेश पठाउने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?