एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ३, २०७८
|
|
५१ पटक हेरिएको
Shares
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?

सारांश

  • नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ ।
  • शुक्रबार ह्यात होटलमा एक कार्यक्रम आयोजना गर्दै सो अवार्डको विजेता घोषणा भएको हो ।
  • काठमाडौं च्याप्टरले पहिलोपटक आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ पहिलो भएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । शुक्रबार ह्यात होटलमा एक कार्यक्रम आयोजना गर्दै सो अवार्डको विजेता घोषणा भएको हो । काठमाडौं च्याप्टरले पहिलोपटक आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ पहिलो भएको छ । यस्तै ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ ।

अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअपले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । युवा उद्यमीहरुका लागि प्रभावशाली तथा अत्यावश्यक नेटवर्किङको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढावा दिने उदेश्यले आयोजना भएको सो अवार्डमा सहभागी हुन देशभरबाट सय भन्दा धेरै स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए ।

जसमा एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो रहेका थिए । अवार्ड प्रत्योगितामा सहभागी सम्पूर्ण कम्पनीहरु हाल व्यवसाय सञ्चालन गरी आर्यआर्जन समेत गर्न थालिसकेको अवस्थामा थिए ।

प्रतियोगितामा सहभागी उत्कृष्ट व्यवासायिक आईडियाहरुलाई ५० लाखदेखि ५ करोडसम्मको लगानीकर्ताहरुसँग जोड्ने आयोजक काठमाडौं च्याप्टरको लक्ष्य थियो । नेपालमै जन्मिएका विभिन्न नविन तथा अन्वेषणयुक्त आईडियाहरुका लागि उपयुक्त वातावरण र बजारसँग जोड्ने यस्तो किसिमको अवार्ड कार्यक्रमलाई आगमी दिनमा समेत निरन्तरता दिने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।

यसअघि स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनलमा ट्याक्सीमाण्डु सर्भिस प्रा.लिका अर्जुन केसी बिजयी भएका थिए । विजयी केसी अमेरिकाको सान–फ्रान्सिस्कोमा हुने विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुँदैछन् ।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने
नेपाल भर्सेस यमन- 04:11 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 04:11 बजे सम्मको अपडेट
सर्वसाधारणका लागि पौडी पोखरी खुला
सर्वसाधारणका लागि पौडी पोखरी खुला
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण

तपाईंले छुटाउनुभयो कि?