सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
सारांश
- काठमाडौं ।
- सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ ।
- सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि दिनुभएकाे समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ ।सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि दिनुभएकाे समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
सत्ता साझेदार दलबीच केन्द्रमा भएकाे सहमति अनुसार सुदूरपश्चिम सरकारकाे नेतृत्व एमालेले गर्नेछ । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीकाे दाैडमा हुनुहुन्छ । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सरकार गठन गर्न समस्या भएकाे छ ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसद्काे समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।
प्रतिक्रिया