वृद्ध भत्ता ५ हजार पुराउने सरकारको तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
वृद्ध भत्ता ५ हजार पुराउने सरकारको तयारी

सारांश

  • काठमाडौं ।
  • सरकारले बृद्धबृद्धाहरुका लागि भत्ता ५ हजार रुपैयाँ पुराउने बताएको छ ।
  • स्याङ्जा पुगेकी भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुराएरै छोड्ने बताएकी हुन् ।

काठमाडौं । सरकारले बृद्धबृद्धाहरुका लागि भत्ता ५ हजार रुपैयाँ पुराउने बताएको छ । स्याङ्जा पुगेकी भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुराएरै छोड्ने बताएकी हुन् ।

चुनावका बेलासमेत उनले आफूले जितेपछि बृद्ध भत्ता ५ हजार पुराउने बताएकी थिइन । मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा बोल्दै बृद्ध भत्ता बढाउने बताएकी हुन् ।

सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गर्दै निर्वाचनका बेला हामीले वृद्ध भत्ता पाँच हजार बनाउँछौं उनले भनिन् ।

मन्त्री अर्यालले ५ वर्षमा मुलुकको विकासको स्पष्ट खाकासहित विकासले गति लिने बताउँदै सरकार अहिलेसम्म नीति निर्माणमै अल्झिनु परेको स्पष्ट पारिन् । मन्त्री अर्यालले सोचेजति छिटो छरितो काम हुन नसकेको र अबदेखि कामले गति लिने दाबी गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?