राष्ट्रिय यातायात नीति संशोधन हुँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
राष्ट्रिय यातायात नीति संशोधन हुँदै

सारांश

  • काठमाडौँ, ७ फागुन , सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ ।
  • भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको बताएको छ ।
  • मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताउनुभयो ।

काठमाडौँ, ७ फागुन , सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ । सापकोटाले भन्नुभयो, “नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।”

मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताउनुभयो । सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ संरचनाअनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, काे काे पुगेर के के भने?
निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, काे काे पुगेर के के भने?
उपनिर्वाचन २०७६ः पचास स्थानको नतिजा सार्वजनिक
उपनिर्वाचन २०७६ः पचास स्थानको नतिजा सार्वजनिक
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल
भक्तपुरमा एमाले–कांग्रेस झडप, दुई जना घाइते
भक्तपुरमा एमाले–कांग्रेस झडप, दुई जना घाइते
खान नदिइ पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा
खान नदिइ पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा
हनिमुन जान नपाउदै युवती हिरासतमा !
हनिमुन जान नपाउदै युवती हिरासतमा !
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ

तपाईंले छुटाउनुभयो कि?