रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ५, २०८०
|
|
३८ पटक हेरिएको
Shares
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

सारांश

  • काठमाडौं ।
  • रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ ।
  • परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।

काठमाडौं । रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।

मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको जनाएको छ ।

साथै मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल नेपाल फर्काउन रुसी राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरेको आज एक प्रेस विज्ञप्ति निकालेर बताएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तरगतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएकोमा सो व्यवस्थालाई विस्तार गरी भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नु परेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरुबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारणमा यो मन्त्रालय हार्दिक अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

युक्रेनमा चार नेपाली बन्दी

युक्रेनमा बन्दी बनाइएका चार जना बन्दीका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ । मन्त्रालयका अनुसार निजहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जानकारी छ ।

मन्त्रालयले बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको बताउँदै उनीहरूको रिहाइका निम्ति भगिरथ प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?