राउटेका नेताले भने, ‘यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
राउटेका नेताले भने, ‘यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ’

सारांश

  • सुर्खेत ।
  • कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राउटेले संविधान दिवस मनाएका छन् ।
  • आफ्नै काममा व्यस्त रहने आफूलाई जङ्गलको राजा ठान्ने राउटेहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै संविधान दिवसमा सामेल भए ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राउटेले संविधान दिवस मनाएका छन् । आफ्नै काममा व्यस्त रहने आफूलाई जङ्गलको राजा ठान्ने राउटेहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै संविधान दिवसमा सामेल भए ।

दिवसमा उनीहरुले पैसरु नाच देखाएर मनोरन्जन समेत गराए । जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छन् ।

उनीहरु पछिल्लो समयमा विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् । राउटेका मुखिया वीरबहादुर शाहीले जंगलमा आफ्नो सिकार सकिएकाले मान्छेको नजीक जान बाध्य भएको बताए ।

“मान्छेले जुङ्गल मास्या (फँडानी गरे) । हाम्मो बास उठाया । सिकार नेठ्या (सके) । जङ्गलमा गुना बाँदर सकिदा मेरा जन्ता भोकै भया” मुखिया शाहीले दुःखेसो पोखे । “हामी हाम्मै संस्कारमा रमाउन चाहान्छौँ ।” मुखिया शाहीले भन्नुभयो, “सरकारका ठूला मान्छेसँग संविधान दिवस मनाउन पाउँदा खुशी लाग्याछ ।

सफा कपडा लगाएको, पढेको, चिल्लो र फुर्तिलो दुनियाँभन्दा आफ्नो पहिचान माथि रहेको बताए । राउटे संस्कार, पहिचान र रहनसहन फेरबदल हुनुले अस्तित्व सङ्कटमा पर्ने चिन्ता रहेको मुखिया शाहीको भनाइ थियो । सामाजिक समन्वय केन्द्रले उनीहरुलाई गुराँस गाउँपालिकासँगको समन्वयमा दिवसमा सहभागी गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?