लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २, २०७४
|
|
३६ पटक हेरिएको
Shares
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ

सारांश

  • लण्डन ।
  • गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार ती २१ वर्षीय युवक आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति पक्राउ गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ ।

लण्डन । गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती २१ वर्षीय युवक आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति पक्राउ गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ । उनको परिचय अनुसन्धान जारी रहेको भन्दै खुलाइएको छैन ।

३० जना घाइते हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा एकजना १८ वर्षीय पुरुषलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउ परेका आरोपितको बसोबास भएको इलाका सनबरीमा बिशेष निगरानी राख्दै खानतलासी समेत गरिरहेको छ ।

बेलायतमा गएको नौ महिनाभित्र भएको यो पाँचौं आतंकवादी घटना होे तर यसमा ३० जना घाइते भएपनि कसैको पनि ज्यान गएको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?