नेपाललाई दोस्रो दिन थप चार स्वर्ण
सारांश
- बीबीसी।
- ट्रायथलनमा मङ्गलवार स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या १९ पुगेको छ।
- पोखरामा भएको ट्रायथलनको डुआथलन विधामा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन्।
बीबीसी। ट्रायथलनमा मङ्गलवार स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या १९ पुगेको छ।
पोखरामा भएको ट्रायथलनको डुआथलन विधामा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन्।
डुआथलनमा सडक दौड, साइकल दौड र फेरि सडक दौड समावेश हुन्छ।
मङ्गलवार नै नेपालले उसुमा दुई र करातेमा थप एक स्वर्ण पदक जितिसकेको छ।
करातेमा नवीन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्।
लगनखेलमा आयोजित उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिञ्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन्।
तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौम्य प्रभाकरलाई पछाडि पारे।
ओमारले ९.३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरेका थिए। तामाङले भने सहजै विजय प्राप्त गरिन्।
उनले ९.४४ अङ्क प्राप्त गरिन् भने रजत पदक विजेत बाङ्ग्लादेशकी नूर बहार बेगमले ८.५५ अङ्क प्राप्त गरिन्।
श्रीलङ्काली खेलाडी थाग बाग्सालाले ७.५३ अङ्कका साथ कास्य जितिन्। स्वर्ण पदक जितेपछि तामाङले भनिन्स् “यो दिनको प्रतिक्षामा थिएँ।आफूमाथिको विश्वास र अरुले गरेको आशा पूरा गरेँ।“
प्रतिक्रिया