लापसे गरेर गाडी चलाउँछन् चालक

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २१, २०७९
|
|
५५ पटक हेरिएको
Shares
लापसे गरेर गाडी चलाउँछन् चालक

सारांश

  • काठमाडौँ ।
  • मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरहेका छन् ।
  • तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् ।

काठमाडौँ । मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरहेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् ।

यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे)गरेर पनि गाडी चलाउने चालक फेला परिरहेका छन् ।

काठमाडौँ उपत्यकामा स्कुल बसका चालकदेखि विद्यार्थीसमेत लापसे र मापसे गरेर गाडी चलाएको फेला परेपछि त्यसविरुद्ध काठमाडौँ प्रहरी आक्रामकरूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले अहिले जाँच अभियानलाई तीव्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

सोही अभियानका क्रममा आज काठमाडौँको ठमेललगायतका क्षेत्रमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त लैनचौरले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन जना चालक फेला परे । भट्टका अनुसार बागमती प्रदेश ०२–०२६प ८९६० नंको मोटरसाइकल चालक नुवाकोट घर भई नेपालटार बस्ने ३५ वर्षीय रवीन्द्र आचार्य, रा७प ९३१ नंको स्कुटर चालक सल्यान घर भई सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२–०१६प ०७७८ नंको मोटरसाइकल चालक इलाम घर भई बौद्ध बस्ने २६ वर्षीय विवेक प्रधानलाई पक्राउ गरिएको छ ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषधसमेत सेवन गरी सवारी चलाइएको पाइएपछि यसरी प्राविधिक टोलीसहित किटको प्रयोग गरी जाँच अभियान सञ्चालन गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । उनले यसरी मापसे वा लापसे गरेर सवारी चलाउँदा आफ्नोमात्रै नभई यात्रुको ज्यानसमेत जोखिम हुने हुँदा सचेत हुन चालकलाई अनुरोध गरेबा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन  र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
जागिरका लागि तयार हुनुस्, २ हजारभन्दा बढि अधिकृतको आवेदन खुल्दै
जागिरका लागि तयार हुनुस्, २ हजारभन्दा बढि अधिकृतको आवेदन खुल्दै
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाई राखिएको छ वेटर
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाई राखिएको छ वेटर
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा
दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ : मन्त्री रिजाल
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ : मन्त्री रिजाल

तपाईंले छुटाउनुभयो कि?