वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट

सारांश

  • काठमाडौं, ३ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् ।
  • आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उनले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न भनेका छन् ।

काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् । आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उनले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न भनेका छन् ।

विश्वस्त स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थालेका हुन् । गौतमले यसअघि बनेको ओलीविरुद्धको समूहलाई बलियो बनाउने अभियान चलाएका छन् । त्यसका लागि उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् ।

सरकारमा जान आतुर देखिएका गौतमले आफ्ना लागि ढोका बन्द भइसकेको निष्कर्ष समेत निकालेका छन् । गृहमा रामबहादुर थापा बादलको निरन्तरता र अर्थमा विष्णु पौडेलको प्रवेशसँगै गौतमले त्यस्तो निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री ओलीले गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाएर मनाउन खोजेपनि त्यसमा तयार भएनन् ।

मन्त्री बन्नकै लागि राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमका सामु सर्वोच्च अदालतले ढोका अहिलेलाई बन्द गरिदिएको छ । तर, गौतमले यसमा पनि ओलीको भूमिकामाथि आशंका गरेका छन् । यसकारण ओलीसँग असन्तुष्ट भएका छन् ।

गौतमसँग ओलीको टकराव र मिलनको सिलसिला चल्दै आएको छ । कुनैबेला एमाले विभाजन हुँदा मुख्य द्वन्द्व ओली र गौतमबीच नै भएको थियो । पछि गौतम फेरि ओलीसँग नजिकिए । एमाले अध्यक्षमा ओलीलाई विजयी बनाउन भूमिका खेले । तर, बर्दियामा गएको चुनावमा पराजित हुनुमा ओली पक्षमाथि आशंका गरे ।

दूरी फेरि बढ्यो । तर, ओलीले उपाध्यक्ष बनाएर गौतमलाई नजिक ल्याए । फेरि ओलीलाई सत्ताबाट हटाउन लागेको समूहमा गौतम सहभागी भए । टकराव चुलीमा पुग्दा गौतमले समूह छाडे । उनले छ बुँदे सहमतिको प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपाललाई समेत जिल्लाए । सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने आशामा सम्झौता गरेको आरोप लाग्यो ।

गौतमलाई कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने त कहिले सरकारमा लाने संकेत गर्ने गर्दै अलमलाइरहे । यसले उल्टै गौतममाथि पदलोलुपको आरोप लाग्यो । परिणाम उनले नराम्रो धोकाहरु खाँदा पनि ओलीलाई नै साथ दिएको भन्दै निकटस्थहरु चिढिए ।

यसपटक भने गौतमले अब ओलीको कुनै आश्वासनमा नपर्ने दृढता व्यक्त गरिसकेको बुझिएको छ । यतिसम्मकी उनले निकटस्थहरुसँग ओलीलाई देखाइदिने भनेका छन् । गौतमले अब चाल्ने कदम र नेकपाभित्रको नयाँ शक्ति सन्तुलनले नयाँ राजनीतिक तरंग आउने सम्भावना बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
ब्ल्याक वाटर  रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडमा
ब्ल्याक वाटर रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडमा
‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छु'(भिडियो)
‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छु'(भिडियो)
चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति
चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
५५ वटा सीमा स्तम्भ खोई !
५५ वटा सीमा स्तम्भ खोई !
मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत
मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सुनको भाउ फेरी बढ्यो, तोलाको कति ?
सुनको भाउ फेरी बढ्यो, तोलाको कति ?
गाईजात्रा पर्व मनाइँदै, आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
गाईजात्रा पर्व मनाइँदै, आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?