विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १८, २०७४
|
|
५० पटक हेरिएको
Shares
विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल

सारांश

  • महोत्तरी, कात्तिक १८ – वाम गठबन्धनमा कुनै पनि नेताको स्वार्थ नरहेको बिना विभागीय मन्त्री एवं वाम गठबन्धका महोत्तरी क्षेत्र नं.
  • १ का प्रत्यक्ष तर्फका उम्मेदवार गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।
  • शनिबार बिहान महोत्तरीको गौशालामा आयोजित प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नु हुँदै  मन्त्री पोखरेलले यो गठबन्धनलाई निर्वाचित गरे मधेशमा कायम रहेको असमनता, विभेदलाई अन्त्य गरी संविधानमा असन्तुष्ट रहेको माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

महोत्तरी, कात्तिक १८ – वाम गठबन्धनमा कुनै पनि नेताको स्वार्थ नरहेको बिना विभागीय मन्त्री एवं वाम गठबन्धका महोत्तरी क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।

शनिबार बिहान महोत्तरीको गौशालामा आयोजित प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नु हुँदै  मन्त्री पोखरेलले यो गठबन्धनलाई निर्वाचित गरे मधेशमा कायम रहेको असमनता, विभेदलाई अन्त्य गरी संविधानमा असन्तुष्ट रहेको माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विगत ७० सालदेखि जनताको माग सम्बोधन गर्न नसकेर बाध्य भएर नेकपा एमालेसँग वाम गठबन्धन एकता गर्न पुगेको नेकपा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।

आफ्नो चुनावी एजेण्डामा जनताको इच्छाअनुसार राखिने भएकोले माथिको पार्टीको नभई जनताले दिएको निर्देशन नै आफनो एजेण्डा राखिने उहाँले खुलासा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पोखरेलले आफूहरुलाई विना विभागीय मन्त्री भएर बस्नु रहर नभई बाध्यता रहेको जनाउनुभयो । तोकिएको मितिमै चुनाव सुनिश्चित गर्नका लागि मात्रै माओवादी केन्द्रका नेताहरु मन्त्रीमा बसेको खुलासा गर्नुभयो ।

वाम गठबन्धनले कुनै पनि हालतमा विदेशी संस्कृतिलाई नेपालमा प्रवेश गर्न नदिइने बताउनुहुँदै राम, कृष्ण, कविरलगायतका धर्म मान्ने संस्कृतिलाई महत्वपूर्ण स्थानमा राखि मौलिक नेपाली समाजवाद निर्माण गरिने पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?