शुक्रबार साँझ प्रचण्डको पूरै परिवार राष्ट्रपति निवासमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २९, २०७४
|
४
|
५० पटक हेरिएको
Shares
शुक्रबार साँझ प्रचण्डको पूरै परिवार राष्ट्रपति निवासमा

सारांश

  • काठमाडौं, पुस २९ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई बोलाएर रात्रिकालिन भोज दिएकी छिन् ।
  • शुक्रबार राति प्रचण्डको पूरै परिवार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर रात्रिकालिन भोजमा सरिक भएको हो ।

काठमाडौं, पुस २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई बोलाएर रात्रिकालिन भोज दिएकी छिन् । शुक्रबार राति प्रचण्डको पूरै परिवार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर रात्रिकालिन भोजमा सरिक भएको हो ।

रात्रिकालीन भोजपछि राष्ट्रपति भण्डारी र प्रचण्डको परिवारले सामूहिक तस्बिर समेत खिचाएका थिए । भोजमा प्रचण्डका छोरी,–ज्वाईं, नाति–नातिना र पत्नी सीता दाहालसहित सरिक रहेको तस्बिरमा देखिन्छन् ।

राष्ट्रपति भण्डारीको भोजमा सरिक हुन भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रचण्डकी छोरी रेणु दाहाल भरतपुरबाट शुक्रबार आएकी थिइन्, भने सँगै रेणुका श्रीमान अर्जुन पाठक पनि सहभागि छन् ।

रात्रिकालीन भोजमा बीना मगर सहभागी भएकी थिइन् । तर, प्रचण्डकी अर्की बुहारी सिर्जना त्रिपाठीलाई भने देखिएको छैन् ।

बाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पूरै परिवारलाई बोलाएर रात्रिकालीन भोज दिनुले केही शंका उत्पन्न भएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Khem Raj Khatiwoda

    फेरि रास्ट्रपती हुनका लागि प्रचन्ड फकाउन लागेजस्तो छ ।

      Comment Author

      मनदिप साउँद

      हो के ,फेरी पाँच बर्ष को लागी प्रचण्डलाई ललीपप खुवाउदै राष्ट्रपती

    Comment Author

    Mahendra Chaudhary

    Royal family hola ! Abako

    Comment Author

    Shyam Fayal

    yinko daijo ho ki k ho rastrapati pad? Jhare jhure sabailai sarkari niwasma bolayara bhoj gardaixin ta? Ki gulami ho yo? Yo ta ati bhayo. Bhutpurba yamale upadhaksha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?