शेयर बजार आज पनि ओरालोतिर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
शेयर बजार आज पनि ओरालोतिर

सारांश

  • काठमाडौँ,१९ पुस ।
  • धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।
  • साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ ।

काठमाडौँ,१९ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ ।

स्टककाअनुसार आज कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल नौ उपसमूह मध्ये छ उपसमूहको शेयर बढे भने तीन उपसमूहको शेयर भने घटेका छन् ।

बैंकिङ ४ दशमलव ३६, विकास बैंक ६ दशमलव १८ र जलविद्युत् ६ दशमलव ३७ बिन्दुले घटेका छन् । होटल १८ दशमलव २५, वित्त शून्य दशमलव ३८, निर्जीवन बीमा १५ दशमलव शून्य दुई, अन्य शून्य दशमलव तीन, लघुवित्त एक दशमलव २२ र जीवन बीमा ६८ दशमलव शून्य पाँच बिन्दुले बढेका छन् ।

घटेको बजारमा युनाइटेड मोदी हाइड्रो पावर, सिन्धु विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनीका शेयरधनीले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्था, हाथवे फाइनान्स कम्पनी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
नेपालसहित छिमेकी चार देश हेर्न आए ‘रअ’का पूर्वप्रमुख खन्ना
नेपालसहित छिमेकी चार देश हेर्न आए ‘रअ’का पूर्वप्रमुख खन्ना
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की
अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता
काठमाडौँ र भक्तपुरका सिडियो फेरिए
काठमाडौँ र भक्तपुरका सिडियो फेरिए
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
२० सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा
२० सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

तपाईंले छुटाउनुभयो कि?