संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने

सारांश

  • कार्लमन किङ संसारकै महँगो एसयुभी (स्पोर्टस् युटिलिटी भेइकल) हो ।
  • यो कार जति आकर्षक छ, त्यति नै वजनदार समेत छ ।
  • कार्लमन किङको मूल्य २२ लाख अमेरिकी डलरबाट सुरु हुन्छ ।

कार्लमन किङ संसारकै महँगो एसयुभी (स्पोर्टस् युटिलिटी भेइकल) हो । यो कार जति आकर्षक छ, त्यति नै वजनदार समेत छ । कार्लमन किङको मूल्य २२ लाख अमेरिकी डलरबाट सुरु हुन्छ । अनौठो र आकर्षक डिजाइनसहितको एसयूभी ‘कार्लमन किङ’ गत वर्ष दुबईमा भएको इन्टरनेसनल मोटर शोमा सार्वजनिक भएको थियो ।

यो कारको पृथकता कायम राख्न कम्पनीले १२ वटामात्र उत्पादन गरेको छ । कार्लमन किङ चाइनिज अटोमोटिभ फर्म आइएटी अटोमोबाइल टेक्नोलोजीले डिजाइन गरेको हो । यो कार १ हजार ८ सय जना युरोपियनहरु सम्मिलित टोलीले निर्माण गरेको हो ।

उक्त कारको तौल ४.५ टन अर्थात् ४ हजार ५ सय किलो छ, जुन बढाएर ६ टनसम्म पु¥याउन सकिन्छ । ६ मिटर लामो सो एसयूभीमा चार जनामात्रै बस्न मिल्छ । यसको इन्टेरियर डिजाइन निकै विलासी बनाइएको छ, जसलाई रोल्स रोयस क्लास लक्जरी भनिएको छ । यसमा अल्ट्रा एचडी फोरके टिभी र फ्रिज, स्याटेलाइट फोनलगायतका सुविधा छन् ।

सो एसयूभीमा ६.८ लिटरको भी १० इन्जिन छ । जसले ४०० बीएचपीको पावर दिन्छ । सो कार प्रतिघण्टा १४० किलोमिटर गुड्न सक्छ । एजेन्सी

सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
भारतमा इन्टरनेट कनेक्टेड एसयूभी लन्च भइरहेका छन् । एसयूभी सेगमेन्टमा एमजी हेक्टर र सब ४ मिटर एसयूभी सेगमेन्टमा हुन्डाई भेन्यु दुबै कनेक्टेड कार हुन् । यी गाडीमा ५जी ई–सिम बेस्ड टेक्नोलोजी समावेश गरिएको छ ।

हालै सामसुङले ५जी रिमोट कार सार्वजनिक गरेको छ । सो कारलाई ५ हजार माइलको दुरीबाट पनि रिमोटको मद्दतले कन्ट्रोल गर्न सकिन्छ ।

सामसुङले गुडवुड फेस्टिभल अफ स्पिडमा विश्वको पहिलो रिमोट कन्ट्रोल ५जी कार सार्वजनिक गरेको थियो । जसलाई भोडाफोन र डेजिनेटेड ड्राइभरको मद्दतले तयार पारिएको थियो । सो कारको सहायताले कम्पनीले आउने समयमा ५जी टेक्नोलोजी कतिको पावरफुल हुन्छ भन्ने देखाउन खोजेको छ ।

ड्रिफ्ट च्याम्पियन वन गिटिन जुनियरले ५जीको टेक्नोलोजीमा पहिलो भर्चुअल रियालिटी भएको कार चलाएर इतिहास रचेका छन् । सो कारको नाम ीष्लअयलि ःप्श् हो । जसलाई कुनै पनि स्थानबाट रिमोट कन्ट्रोलले कन्ट्रोल गर्न सकिन्छ । यसलाई चलाउनको लागि डेजिनेटेड ड्राइभर टेलीअपरेशन सिस्टम, नयाँ सामसुङ ग्यालेक्सी एस१० ५जी र सामसुङ भीआर हेडसेटको साथै भोडाफोन ५जी नेटवर्कको प्रयोग गरिएको थियो ।

डेजिनेटेड ड्राइभरको फ्रन्टमा ६ स्क्रिन जडान गरिएको छ । साथै कारलाई कन्ट्रोल गर्नको लागि स्टेयरिङ ह्वील र प्याडल सिस्टम पनि समावेश गरिएको छ । सो कारको परीक्षण गुडवुड फेस्टिभल भन्दा ५ हजार माइलको दुरीबाट गरिएको थियो । कारलाई रिमोट कन्ट्रोल गर्न लिटेन्सी रेन्ज १०० मिलिसेकेन्ड रहेको छ ।

यो पनि पढ्नुस्
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने
काठमाडौं– ६३ वर्षदेखि निर्माण कार्य सुरु गरेको कान्ति लोकपथ अबको साढे तीन महिनामा सञ्चालनमा आउने भएको छ । २०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले गर्दा तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेकाले केही समय पछाडि धकेलिएको हो ।

‘आगामी असोजदेखि मालवाहक ट्रक र यात्रुवाहक बस कान्तिलोक पथ भएर आउजाउ गर्नेछन्,’ कान्तिलोक पथ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी अमिन्द्र खड्काले भने, ‘६ महिनाभित्रमा सडक फराकिलो बनाउने र अधिकांश भाग कालोपत्रे गरिसक्नेछौं ।’ असोजको अन्तिमसम्ममा कान्ति लोकपथ कालोपत्रे गर्ने लक्ष्य आयोजनाको छ ।

मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्रीडाँडा लगायत क्षेत्रका सडकलाई फराकिलो बनाउने कार्य भइरहेको छ । कान्ति लोकपथको अरू भाग चौडा बनाउने, नाली बनाउने पिच गर्ने कार्यहरू तीव्रगतिमा भइरहेका छन ।

उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २ सय २६ र पालुङ हुँदै आउने एक सय ३६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन् ।

कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’ को प्रयोग गरिएको छ । हेटौंडातर्फको कान्ति लोकपथको प्रस्थान बिन्दु बुद्धचोक हो भने काठमाडौंतर्फको प्रस्थान बिन्दु ललितपुरको सातदोबाटो हो ।

यो लोकपथको निर्माण गर्न चालु आवमा ६० करोड रुपैयाँ विनियोजित गरेको थियो । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको रहेको यस मार्गमा साढे आठ मिटर चौडा बनाएको छ । दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिएको छ ।

कान्ति लोकपथको ट्रयाक २०१३ सालमा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए । तर, ललितपुर र मकवानपुरको सीमास्थित वाग्मती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो । ६ दशकपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो ।

भोजपुर घटनाबारे बोले प्रहरी प्रमुख
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन ।

उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्र्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो”, उनले भने । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि समितिलाई जानकारी गराए ।

कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता–यस्ता कार
भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । उनीसँग लगभग एक दर्जन लक्जरी कार छन् ।

यी सबै मध्ये उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।

अझै महत्वपुर्ण पक्ष के छ भने उनीसँग सबै गरी ११ लक्जरी कार छन् । अमिताभको जन्म दिन पनि अक्टोवरको ११ तारिखमै हो ।

अमिताभ बच्चनसँग सानदार रोल्स रोयस फ्यान्टम कार छ । जेम्स बन्डले आफनो फिल्ममा पनि यही कार प्रयोग गर्थे । भारतीय बजारमा रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । उनीसँग बेन्टलेको कार सिजिटी पनि छ । यसको मूल्य लगभग २ करोड रुपैयाँ पर्छ ।

अमिताभलाई सर्वा्धिक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ । मर्सि्डिज एस ६०० । यो सानदार कार उनले निकै शौखिन तरिकाले चलाउछन् । यसको मूल्य ६ करोड रुपैयाँ पर्छ ।

उनीसँग मर्सिडिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । उनीसँग पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
नेकपा निरंकुश हुन्छ भन्ने हौवा नफैलाउन माधव नेपालको चेतावनी
नेकपा निरंकुश हुन्छ भन्ने हौवा नफैलाउन माधव नेपालको चेतावनी
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

तपाईंले छुटाउनुभयो कि?