सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !

सारांश

  • काठमाडौं, १३ माघ ।
  • पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना गर्दै कांग्रेसलाई सुधारको बाटोमा लैजान एकताबद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् ।
  • सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका हुन् ।

काठमाडौं, १३ माघ । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना गर्दै कांग्रेसलाई सुधारको बाटोमा लैजान एकताबद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका हुन् ।

७ जना युवा नेताहरुको समूहमा विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, प्रदिप पौडेल र गुरु घिमिरे थिए । तर अहिले शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाएर समूहबाट अलग गराइदिएका छन् भने पाण्डेलाई पनि राष्ट्रियसभाका लागि टिकट दिएर भुलाएका छन् ।

भण्डारीले त शर्मालाई लोभमा फसेर प्रवक्ता बन्न गएको आरोप नै लगाएका छन् । पछिल्लो समय चन्द्र भण्डारी र विश्वप्रकाश शर्माबीच बोलचाल नै बन्द भएको बताइएको छ ।

प्रवक्ता बन्नुअघि युवाहरुसँग मिलेर एउटै आवाज गरेका शर्मा एजेण्डा छोडेर हिँडेको आरोप अरु नेताहरुले पनि लगाएका छन् । अहिले गगनले चन्द्रलाई अगाडि सार्न चाहेका छन् । आफूभन्दा सिनियर भएकाले भण्डारीलाई अघि सार्दा राम्रो हुने भएकाले गगनले नयाँ रणनीति लिएका हुन् ।

यद्यपी पार्टीले हारेपछि सबैभन्दा पहिला नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउने पहिलो व्यक्ति थापा नै हुन् । ७ जना युवा नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् ।

वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा,बद्री पाण्डे र प्रदिप पौडेलले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । (साभार : रिपोर्टस नेपाल)

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
माइन आक्रमणपछि पनि वर्षमानको चुनावी अभियान जारी
माइन आक्रमणपछि पनि वर्षमानको चुनावी अभियान जारी
‘एन्टीबायोटिकबारे उल्लेखनीय सफलता’
‘एन्टीबायोटिकबारे उल्लेखनीय सफलता’
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….