सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट

सारांश

  • काठमाडौँ, २९ साउन ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताएका छन् ।
  • इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा आज यहाँ आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई बढीभन्दा बढी श्रमिकलाई समेट्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।

काठमाडौँ, २९ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताएका छन् । इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा आज यहाँ आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई बढीभन्दा बढी श्रमिकलाई समेट्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।

मन्त्री विष्टले भने, “औपचारिक प्रतिष्ठान मात्र होइन, अनौपचारिक क्षेत्रमा ठूलो सङ्ख्यामा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम ज्यादै कष्टपूर्ण छ । सामाजिक सुरक्षा ऐनले केही व्यवस्था गरेको छ, अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मनन गर्दै ऐनमा व्यवस्था गरिएका योजनाभन्दा थप क्षेत्रमा योजना निर्माण गर्न ध्यान दिनु आवश्यक छ ।” रोजगारदाता, श्रमिक र तीनै तहका सरकारको समन्वयात्मक प्रयत्नमार्फत नै यस कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिने उनको भनाइ थियो । दुई महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउन सरकारले युद्धस्तरमा तयारी गरिरहेको जानकारी दिँदै मन्त्री विष्टले कार्यक्रमले आर्थिक, सामाजिक हिसाबले पछि परेको समुदायलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण सहयोग पु¥याउने बताए ।

श्रमिक र श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने योजनाका साथ सरकारले तयारी अगाडि बढाएको जानकारी दिँदै उनले भने, “श्रमिक, आश्रित परिवारका सदस्य दुर्घटना वा बिरामी पर्दा तथा बेरोजगार हुँदा परिवारमा हुने आर्थिक क्षति न्यूनीकरण गर्न सिङ्गो परिवारलाई कार्यक्रमको दायरामा ल्याउन आवश्यक छ ।” सामाजिक सुरक्षा कोषमा योगदान गर्दा मात्र श्रमिकले सामाजिक सुरक्षा कार्यक्रमबाट लाभ प्राप्त गर्ने र त्यो अवस्था रहेन भने श्रमिकले लाभबाट वञ्चित हुनुपर्ने चुनौती देखापरेको उल्लेख गर्दै उनले सामाजिक सुरक्षा क्षेत्रमा छरिएर रहेका सबै कार्यक्रमलाई एकीकृत गर्न एकीकृत ऐनको तर्जुमा गर्ने तयारीमा लागेको जानकारी दिए ।

कार्यक्रम लागू गर्ने सन्दर्भमा चाहिने प्राविधिक जनशक्ति, स्रोतसाधन, पर्याप्तता, चेतना, जागरण, भावना, सामाजिक जवाफदेही तथा उत्तरदायित्वको अभाव रहेको बताउँदै मन्त्री विष्टले रोजगारदाता, श्रमिक, सरकार र सबै पक्षको समन्वयमार्फत नै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुने विश्वास गरे । सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार र व्यवस्थित गर्दै लैजाने बताउँदै उनले भने, “कार्यक्रमले जनतालाई सम्मानजनक जीवनयापन गर्नका लागि आधार तयार गरेको छ, मानोवोचित जीवन बाँच्नका लागि आधार तयार गर्ने क्रममा कार्यक्रम महत्वपूर्ण जग बनेको छ ।”

सामाजिक सुरक्षाका क्षेत्रमा नेपालले शुरु गरेको कार्यक्रम, ऐन, नियम, छलफल पर्याप्त नभएको बताउँदै उनले नेपालको सन्दर्भमा नेपाली विशेषतामा आधारित रहेर नयाँ आयामबाट थप छलफल, बहस र अध्ययन गर्न आवश्यक रहेको बताए । सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, आधारभूत सेवामा सबै जनताको पहुँचलाई स्थापित गर्ने सरकारको चाहना भए पनि स्रोत साधनको अभावमा सरकारले त्यो समाथ्र्य प्राप्त गर्न नसकेको उल्लेख गर्दै मन्त्री विष्टले श्रमिक वर्गको आर्थिक, सामाजिक क्षेत्रमा केही राहत पु¥याउन संवैधानिक र कानूनी प्रावधानको व्यवस्था गरिएको बताए ।

संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने विषयलाई प्रत्याभूति गरेको जानकारी गराउँदै उनले भने, “श्रम ऐन, श्रम नियमावली, सामाजिक सुरक्षा ऐन पारित भइसकेको छ, सामाजिक सुरक्षा नियमावली केही दिनभित्र मन्त्रिपरिषद्बाट पारित हुनेछ ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajendra Thapa

    यो कस्तो देस बन्दै छ?
    घरमा पलेको कुखुरा बाख्रा खसी बोका राँगा भैंसी गाई गोरु सबैको कर?
    T.v. मोबाइल साइकल मोटरसाइकल वासिङ मेसिन पङ्खा ग्यासचुलो
    घर जग्गा आया आर्जन गरिने संपुर्ण स्रोत सबै सबैमा कर पानी बिजुली फोहोर ढल सबैमा कर हैन के गर्न खोजेको हामी जनतालाइ?
    यस्तो इस्थिले बाँच्न सकिन्छ?
    यो घाँडोतंत्र चाइयन यो बेलैमा उखेलेरनफाली सुखै छैन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?