सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १, २०७५
|
|
४९ पटक हेरिएको
Shares
सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता

सारांश

  • सोलुखुम्बु, १ साउन ।
  •   सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका  ३ बोल्दोमा सोमबार बेलुकी ट्याटर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सोही ट्याक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षिय जीवन तामाङ रहेका छन् ।

सोलुखुम्बु, १ साउन ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका  ३ बोल्दोमा सोमबार बेलुकी ट्याटर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्याक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षिय जीवन तामाङ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा साेमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी ७ बजे बोल्दोबाट ढुङा लिएर सल्लेरीतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट अन्दाजी ६५ मिटर तल खोलामा खसेको थियो । ट्याक्टर खोलाको पानीमा डुवेको र चालकलाइ नियन्त्रणमा लिएको प्रहरी चौकी तामाखानीले जनाएको छ ।

यसैगरी सोलुखुम्बु मै  सोलु खोलाले बगाएर एक जना कामदार वेपत्ता भएका छन । मंगलबार  विहान करिव साढे १० वजे तिर खोलाले बगाउदा तल्लो सोलु जलविधुत आयोजनामा कार्यरत झापाका २८ वर्षिय विजय धिमाल वेपत्ता भएका हुन । आयोजनाका प्रशासकीय व्यवस्थापक कविराज पौडेलका अनुसार निर्माण सामग्री लिएर आएको मालवाहक गाडी पुल तर्ने क्रममा पुल लच्किदा पुलमै रहेका धिमाल खोलामा खसेको हुन सक्ने अनुमान गरिएको छ ।अहिले घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजिकार्य जारी राखेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?