स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १०, २०७९
|
१
|
४५ पटक हेरिएको
Shares
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ।
  • त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए।‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्‍यौं,’ उनले भने, ‘परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी संगठनसँग गर्छौं‌।’

स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी संगठनका अध्यक्षको बैठक बोलाइएको छ। निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी संगठनसँग छलफल गरिने बताए।

‘विद्यार्थी संगठनले उक्त मितिमा सहमति जनाए हामी निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा जान्छौं,’ उनले भने।

त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन। विद्यार्थी संगठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद् बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गर्नेछ।

त्यसपछि त्रिविको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उनले जानकारी दिए।

त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई(दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन।

विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो। त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। पछिल्लो पटक उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bonus pri prihlásení na binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/cs/register?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)
‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले कर्णालीका किसानलाई पेन्सन दिने
सरकारले कर्णालीका किसानलाई पेन्सन दिने
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
जेठ ६ गते मंगलबारको राशिफल यस्तो छ
जेठ ६ गते मंगलबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?