२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…

सारांश

  • काठमाडौं, वैशाख २६- यही वैशाख २८ र २९ गते मुस्ताङ मुक्तिनाथ जाने योजना बनाउनुभएको छ भने केही दिन पर सार्नुपर्नेछ ।
  • किनकि दुई दिनसम्म तपाइँ मुक्तिनाथको दर्शन गर्न जान पाउनुहुनेछैन ।
  • मुस्ताङ जिल्ला प्रशासनले दुई दिनका लागि मात्र त्यहाँ जान रोक लगाइसकेको छ ।

काठमाडौं, वैशाख २६- यही वैशाख २८ र २९ गते मुस्ताङ मुक्तिनाथ जाने योजना बनाउनुभएको छ भने केही दिन पर सार्नुपर्नेछ । किनकि दुई दिनसम्म तपाइँ मुक्तिनाथको दर्शन गर्न जान पाउनुहुनेछैन । मुस्ताङ जिल्ला प्रशासनले दुई दिनका लागि मात्र त्यहाँ जान रोक लगाइसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने भएपछि सर्वसाधारणले दुई दिन त्यहाँ जान नपाउने भएका छन् । मोदी एक दिनका जाने भएपनि अघिल्लो दिनदेखि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक २८ र २९ गते मुक्तिनाथमा सर्वसाधारणलाई रोक लगाउने निर्णय गरेपछि जान नपाउने भएका हुन् ।

सुरक्षा व्यवस्था सुरक्षित र भरपर्दो बनाउन मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मुक्तिनाथ मनाङतर्फ आउने पैदलयात्रीलाई दुई दिन रोक लगाउने जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको छ ।

भनिएको छ, बेनी जोमसोम हुँदै मुक्तिनाथ आउने यात्रुलाई रोक लगाइएको छ । त्यसैगरी हेलिकप्टरबाट पनि जान पाइने छैन ।

(biergardenencinitas.com)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sanjaya Adhikari

    मुक्तिनाथ मा फेरि मोदिको नाकाबन्दी ।

    Comment Author

    Thapachhabiraj Thapa

    Oli also, same category, not defreent

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?