सैनिक–नागरिक सम्बन्ध विस्तारमा स्वास्थ्य शिविर कोसेढुङ्गा

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सैनिक–नागरिक सम्बन्ध विस्तारमा स्वास्थ्य शिविर कोसेढुङ्गा

सारांश

  • राजविराज (स्वर्णटोल), ११ फागुन,नागरिक–सैनिक सम्बन्ध विस्तारमा नेपाली सेनाले यहाँ सञ्चालन गरेको अत्याधुनिक घम्ती अस्पतालसहितको बृहत् स्वास्थ्य शिविर कोसेढुङ्गा साबित भएको छ ।
  • राजविराज नगरपालिका–५ का अध्यक्ष समीरकुमार झा भन्नुहुन्छ– “विपन्न समुदायको घरघरमा पुगी बोलाएर स्वास्थ्य शिविरमार्फत दिएको सेवाप्रति नेपाली सेनालाई कोटीकोटी धन्यवाद छ, यो असल कामप्रति म नेपाली सेनालाई ‘स्यालुट’ गर्छु ।
  • यहाँस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा यही फागुन १ देखि आज शनिबारसम्म सञ्चालन भएको उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारणको घुइँचोले जनतामा सेनाप्रतिको दृष्टिकोण र विश्वासको मापन ह्वात्तै बढेको देखाएको छ ।

राजविराज (स्वर्णटोल), ११ फागुन,नागरिक–सैनिक सम्बन्ध विस्तारमा नेपाली सेनाले यहाँ सञ्चालन गरेको अत्याधुनिक घम्ती अस्पतालसहितको बृहत् स्वास्थ्य शिविर कोसेढुङ्गा साबित भएको छ ।

राजविराज नगरपालिका–५ का अध्यक्ष समीरकुमार झा भन्नुहुन्छ– “विपन्न समुदायको घरघरमा पुगी बोलाएर स्वास्थ्य शिविरमार्फत दिएको सेवाप्रति नेपाली सेनालाई कोटीकोटी धन्यवाद छ, यो असल कामप्रति म नेपाली सेनालाई ‘स्यालुट’ गर्छु ।

यहाँस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा यही फागुन १ देखि आज शनिबारसम्म सञ्चालन भएको उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारणको घुइँचोले जनतामा सेनाप्रतिको दृष्टिकोण र विश्वासको मापन ह्वात्तै बढेको देखाएको छ ।

सेना र नागरिकबीच सुमधुर सम्बन्ध

नगरपालिका–५ का सदस्य पार्थाे सरकार भन्नुहुन्छ– “पहिला नेपाली सेनासँग घुलमिल हुन र कुराकानी गर्नै पनि असजिलो मान्ने यहाँका जनतालाई यस अभियानले सेना र नागरिकबीच पारिवारिक सदस्यको जस्तो नाता गाँसिएको छ, समधुर सम्बन्धको वातावरण सिर्जना भएको छ ।”

सरकारको निर्देशन अनुसार, नेपाली सेनाले उक्त शिविरका लागि दुई महिनादेखि तयारी गरेर सहायक रथी डा.राजीव शाहीको नेतृत्वमा १४ विशेषज्ञ चिकित्सकसहित १२६ जनाको स्वास्थ्य टोली खटाएको थियो । सुरक्षा र अन्य सहयोगका लागि भीम दल गणबाट थप २०० को सङ्ख्यामा सेना खटिएको सहायकरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि समेत रहनुभएका सरकार भन्नुहुन्छ– “यो अचम्मै भइरहेकोछ, हजारौँको सङ्ख्यामा उपस्थित नागरिकले यस्तो व्यवस्थित र अनुशासित ढङ्गबाट सहजरूपमा सेवा लिएको कहिल्यै देखेको र अनुभव गरेको थिइनँ ।”

शिविरमा १५ हजार १३४ सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए भने साना ठूला गरी २९५ शल्यक्रिया गरिएको थियो । शिविरमा तीन वर्षको बालकको हर्नियाको शल्यक्रिया भएको थियो भने ७६ वर्षे वद्धको ‘प्रोस्टेट’को शल्यक्रिया भएको थियो । शिविरमा १०३ वर्षसम्मका वृद्धले स्वास्थ्य जाँच गराएको सेनाले जनाएको छ । शिविरका क्रममा दैनिक झण्डै चार हजारको सङ्ख्यामा नागरिकले स्वास्थ्य परीक्षण गरी लाभ लिएका थिए । शिविरबाट कतिपय विरामीले शल्यक्रिया र औषधि गरी प्रतिव्यक्ति रु डेढ लाख बराबरसम्मको सेवा सुविधा प्राप्त गरेका थिए ।

सबै किसिमको प्याथोलोजी सुविधा रहेको शिविरमा नागरिकलाई छाला, आँखा, नाक–कान–घाँटी, मानसिक, हाडजोर्नी, स्त्रीरोगलगायत सामान्य चिकित्सादेखि ‘सर्जिकल’सम्मको सेवा प्रदान गरिएको थियो । निःशुल्क शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविर सञ्चालनार्थ कम्तीमा रु एक करोड खर्च लाग्ने बुझिएको छ ।

सप्तरीका ग्रामीण बस्तीका मात्र होइन, सिन्धुली, उदयपुर, सिरहा र मोरङसम्मका सर्वसाधारण सामल र ओडने ओछ्याउने बोकेर स्वास्थ्य जाँचका लागि शिविर वरपर पाल टाँगेर बसेको देखिन्थ्यो । विशेषज्ञसहितको स्वास्थ्य टोली पनि निकै उत्साहित हुँदै अहोरात्र खटेर दैनिक चार हजार जनासम्मलाई सेवा प्रदान गर्न सफल भएको थियो । यो आफैँमा एउटा उदाहरणीय कार्य हो ।

भौगोलिक हिसाबले सुगम मानिएपनि सप्तरी जिल्लाका ग्रामीण भेगका जनतामा शिक्षा र स्वास्थ्यको पहँुच अझै ज्यादै कमजोर रहेको छ । आफनो समस्या परिवारजनलाई समेत भन्न हिचकिचाउने यहाँका ग्रामीण भेगका महिलाको समेत शिविरमा रहेको उल्लेखनीय उपस्थितिले स्वास्थ्यप्रतिको जनचासो बढेको तथ्याङ्कले नै पुष्टि गरेको छ ।
शिविरमा उपचार गरिरहेका रामपुर गाउँपालिकाका देवशरण महतो भन्नुहुन्छ– “सेनाले शिविरमा देखाएको सहयोग, समर्पण, मानवता र स्नेही भावनाप्रति म सलाम गर्न चाहन्छु, अरु कुनै निकायबाट हुन नसक्ने काम भएको छ ।”

शिविरमा खटिनुभएका प्रमुख सर्जन सुशील रावल भन्नुहुन्छ– “परक्षण गर्न आएका बिरामीमा मिर्गौला एवं पित्तको थैलीमा पत्थरीका साथै हर्निया भएका बिरामीको सङ्ख्या बढी रहेको पाइयो, पुराना रोग पालेर बसेका जनताले शिविरबाट सोच्नै नसक्ने सुविधा पाएका छन, हामी पनि चुनौती लिएरै काम गरिरहेका छौँ ।”

एउटा कक्षमा तीन शल्यक्रिया

शिविरलाई व्यवस्थित गर्ने क्रममा स्थानीय गजेन्द्र नारायण अस्पतालमा बिरामीको शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको थियो । अस्पतालको एउटा कक्षमा तीनवटासम्म शल्यक्रिया गरिएको थियो । निकै हतारोमा धेरै सङ्ख्यामा शल्यक्रिया गर्नु परेपनि कुनैपनि विरामीलाई सङ्क्रमण भएको नदेखिएको महासेनानी डा भूवनराज कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “नेपाली सेनाप्रति यहाँका जनताले निकै विश्वास र भरोसा गरेका छन्, हामीलाई पनि ठिक ठाँउमा आएछौँ भन्ने लागेको छ, विपन्न नागरिकको उपचार गरेर धर्म कमायौँ भन्ने महसुस भएको छ ।

शिविर निरीक्षणका लागि पुग्नुभएका प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य परीक्षण गर्न पङ्क्तिबद्ध स्थानीयले आगामी दिनमा पनि यस खाले शिविर सञ्चालनको माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चासो, निर्देशन र सल्लाहअनुसार सेनाले त्यहाँ शिविर चलाएको बुझिएको छ । शिविरमा जचाउँन आउने मानिसको निकै चापलाई व्यवस्थित तुल्याउन सुरक्षाकर्मीलाई धौधौ परेको देखिन्थ्यो । सर्वसाधारणको उपस्थिति निकै बाक्लो भएकाले स्वास्थ्य परीक्षण गराउन टिकट लिन सेवाग्राही राति देखिनै लाइनमा बसेको देखिन्थ्यो ।

स्वास्थ्य शिविर सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक अरुणकुमार झाले भन्नुभयो– “शिविरमार्फत यहाँका विपन्न वर्ग एवं पीडित जनताले राम्रो उपचार सेवा लिन सफल भए, यो हामी सप्तरीबासीका लागि अहोभाग्य हो, हामी हर्षित भएका छौँ ।”

शिविरमा हर्नियाको शल्यक्रिया गराएका स्थानीय राकेश चौधरीले भन्नुभयो– “हामी नेपाली सेनालाई भन्छु कि धेरै धेरै धन्यवाद छ, फेरि पनि यस्तो सेवा दिइरहनुस्, म सेनालाई सलाम भन्न चाहन्छु ।”

सैनिक–नागरिक सम्बन्धमा बाजी

सैनिक स्वास्थ्य सह–महानिर्देशक सहायकरथी डा अरुणकुमार न्यौपाने भन्नुहुन्छ– “एउटा शिविरमा यति धेरै सङ्ख्यामा शल्यक्रिया भएको पहिलो घटना हो, जनशक्ति पनि ठूलै सङ्ख्यामा खटिएको छ । शिविरमा प्रयोग भएको सम्पूर्ण उपकरण जडान र अत्याधुनिक शल्यक्रिया कक्ष समेत रहेको मोबाइल अस्पताल २०७२ साल माघ १२ गतेको भूकम्पपछि चीन सरकारले नेपाली सेनालाई सहयोगस्वरूप उपलब्ध गराएको हो । उक्त अस्पतालका लागि १२ वटा ट्रक–भ्यान प्रयोग गरिएको छ ।

यहाँ सेवा लिएर फर्किएका सर्वसाधारण ज्यादै खुशी र सन्तुष्ट भएकाले नागरिक– सैनिक सम्बन्ध विस्तारमा नेपाली सेनाले यस पटकको स्वास्थ्य शिविरबाट निकै ठूलो बाजी मारेको विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा
रेबिजविरुद्धको विशेष भ्याक्सिन उपलब्ध नहुुँदा समस्या
रेबिजविरुद्धको विशेष भ्याक्सिन उपलब्ध नहुुँदा समस्या
अनुमति नलिइ सन्चालनमा अाएका विद्यालय बन्द हुने !
अनुमति नलिइ सन्चालनमा अाएका विद्यालय बन्द हुने !

तपाईंले छुटाउनुभयो कि?