एक लाख धार्मिक पर्यटक भित्र्याइने

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
एक लाख धार्मिक पर्यटक भित्र्याइने

सारांश

  • काठमाडौं ।
  • झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ ।
  • नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको समितिले जानकारी दिएको हो ।

काठमाडौं । झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको समितिले जानकारी दिएको हो ।

समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विभिन्न मुलुकका १०० भन्दा बढी सन्तमहात्मा आउनुका साथै झापामा एक लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याइने नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

सामाजिक सद्भाव, आध्यात्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि समितिले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम गर्दै आएको र यसपटक झापामा गरिएको अध्यक्ष पौडेलले बताए । समारोहमा मानव धर्मका प्रणेता सद्गुरु श्री सतपाल महाराजबाट आर्शिवचन प्रदान हुनेछ । उद्घाटन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सिक्किम विधानसभाका सभामुख केएन राईलगायत आउनुहुने आयोजकले जनाएको छ ।

स्थानीय कला र संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकीसमेत प्रस्तुत गरिने भएको छ । “भौतिक सम्पत्तिले मावन जीवनमा शान्ति प्राप्त गर्न नसकिने भएकाले संस्कारको विकास गर्न र शान्ति प्राप्त गर्ने मार्ग देखाउन कार्यक्रमको आयोजना गर्न लागिएको हो”, पौडेलले भने, “मानिसको वास्तविक धर्मलाई मानव धर्मले सत्मार्ग प्रदान गर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Revealed: why Deepika Padukone is not shooting for any movie at present
Revealed: why Deepika Padukone is not shooting for any movie at present
२० लाखले वामदेव गौतमलाइ तनाब, महानिरीक्षक संग पैशा माग्न काे पत्रकार गएकाे थियाे ?
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
डीडीसी मा मन्त्रीको छापा
डीडीसी मा मन्त्रीको छापा
Aayush Sharma and Warina Hussain ‘Loveratri’ new colourful & vibrant motion poster is out!
Aayush Sharma and Warina Hussain ‘Loveratri’ new colourful & vibrant motion poster is out!
आन्दोलन चर्काउने वैठक बस्दाबस्दै यसरी पक्राउ परे
आन्दोलन चर्काउने वैठक बस्दाबस्दै यसरी पक्राउ परे
राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा
राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान  यस्ताे हुनसक्छ !
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान यस्ताे हुनसक्छ !
सरकारी नंवर प्लेटकै बाइकमा लागुऔषध ल्याएपछि
सरकारी नंवर प्लेटकै बाइकमा लागुऔषध ल्याएपछि
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव

तपाईंले छुटाउनुभयो कि?