विकास र समृद्धिमा सँगै अघि बढ्ने ओली र मोदीको प्रतिबद्धता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
विकास र समृद्धिमा सँगै अघि बढ्ने ओली र मोदीको प्रतिबद्धता

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री निवास हैदरावाद हाउसमा भएको आधा घन्टाको भेटमा विकास र समृद्धिमा साथ साथ बढ्नेबारे छलफल भएको छ ।
  • मोदीले सबको साथ सबको विकासलाई छिमेकसँगको सम्बन्धमा पनि लागू गरिरहेको उल्लेख गर्दै मिलेर विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास हैदरावाद हाउसमा भएको आधा घन्टाको भेटमा विकास र समृद्धिमा साथ साथ बढ्नेबारे छलफल भएको छ । मोदीले सबको साथ सबको विकासलाई छिमेकसँगको सम्बन्धमा पनि लागू गरिरहेको उल्लेख गर्दै मिलेर विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने बताएका थिए । मोदीको भनाईबाट उत्साही ओलीले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यसहित आफू अगाडि बढिरहेको अवस्थामा विकास र समृद्धिमा भारतको साथप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले दुवै नेताले द्विपक्षीय सम्बन्ध सुमधुर भएकोमा खुशी व्यक्त गरेका थिए । जनस्तर र राजनीतिक स्तरमा समेत सम्बन्ध अझ सुमधुर भएकोमा नेताद्वयले सन्तुष्टि व्यक्त गरेको भट्टराईले जानकारी दिए ।

दुवै नेताबीच सम्बन्ध अझ प्रगाढ बनाउन राजनीतिक र कर्मचारी तहमा भ्रमण र समन्वय बढाउँदै लाने सहमति भएको छ । पछिल्ला दिनमा राजनीतिक र प्रशासनिक तहमा भएको भेटघाटले सम्बन्ध सुमधुर बनाउनेतर्फ प्रगति हासिल भएकोमा दुवै नेताले सन्तुष्टि व्यक्त गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले सानदार जीतसहित पुनः प्रधानमन्त्री बन्न सफल भएकामा मोदीलाई बधाई दिएका थिए । मोदीको आगामी कार्यकालको सफलताको कामना गरेका थिए । सपथग्रहण समारोहमा निम्तोलाई स्वीकारेर भारत भ्रमणमा आएकोमा मोदीले ओलीलाई धन्यवाद व्यक्त गरेका थिए ।

भेटको शुरुमै ओलीले मोदीलाई रुद्राक्ष लगाइदिनुका साथै पशुपतिको चन्दन दिएका थिए । नेपाल भ्रमणका लागि मोदीलाई निम्तो समेत दिएका थिए । जवाफमा मोदीले नेपाललाई देवभूमि भन्दै पुनः आउने वचन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?