मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

सारांश

  • मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् ।
  • मुस्लिम पात्रो अनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ ।
  • मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाको बुझाइ छ ।

मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रो अनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ ।मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न

महत्वपूर्ण भूमिका खेलेको अगुवाको बुझाइ छ । मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ ।धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका हुन् ।

यता मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् ।आजभन्दा एक हजार ४५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी
महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै
भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो
भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?