माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ३२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय

सारांश

  • काठमाडाैं,  ३२ असार ।
  • नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न भएको छ ।
  • गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को सोमबार बसेको स्थायी समिति बैठकले जुम्लामा १६ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न जोडदार माग गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।

काठमाडाैं,  ३२ असार । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न भएको छ । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को सोमबार बसेको स्थायी समिति बैठकले जुम्लामा १६ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न जोडदार माग गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।

उक्त बैठकले वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका बिकृती, बिसङगतिहरुका विरुद्धमा निरन्तर संघर्ष गर्दै १५ औ पटक अनशनरत डा. गोविन्द केसीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै उहाँका जायज मागहरू तुरुन्त पूरा गर्न सरकार संग माग गरिएको छ ।

साथै डा.केसीको आन्दोलनलाई केहि राजनैनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेको प्रति आपत्ति जनाउँदै डा केसीको जीवनरक्षाका निम्ति जोडदार अपील गरिएको छ । त्यसैगरी वर्तमान नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा बिधालय बाहेकका भारत सरकारको मातहतका १३ वटा बिधालयहरुलार्इ सम्बन्ध दिइएकोमा गम्भीर आपत्ति जनाएको राइमाझीले बताए ।

यस्ता खाले निर्णयले नेपालको सार्बभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पुरयाउने निष्कर्ष निकाल्दै निकालेको छ । साथै यस्ता गैरकानुनी र राष्ट्रघाती निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जाने निर्णय भएको रायमाझीले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना
नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
मन्त्री लालबाबु पण्डितका ४ वटा परीक्षा यस्ता छन्…
मन्त्री लालबाबु पण्डितका ४ वटा परीक्षा यस्ता छन्…
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

तपाईंले छुटाउनुभयो कि?