हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १, २०७५
|
|
५५ पटक हेरिएको
Shares
हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

सारांश

  • काठमाडौँ।
  • ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ।
  •   महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो।
काठमाडौँ। ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ। 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो। महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो। 
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए। “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उनले भने। 
ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो। 
यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ। महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ। 
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी
सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा
सेनाको कामप्रति जनता ढुक्क हुनु भनेको सेनाको सम्पत्ति हो : रक्षामन्त्री पोखरेल
विश्वकप फुटवल हेर्ने क्रममा वडा सदस्यले गरे चक्कु प्रहार
विश्वकप फुटवल हेर्ने क्रममा वडा सदस्यले गरे चक्कु प्रहार
यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश
यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न निवेदन
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न निवेदन

तपाईंले छुटाउनुभयो कि?