शुद्धीकरण गरेको पानी वितरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २३, २०७६
|
|
५४ पटक हेरिएको
Shares
शुद्धीकरण गरेको पानी वितरण

सारांश

  • कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ ।
  • संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो ।
  • प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराउनुभयो ।

कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो । प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराउनुभयो । “भौतिक, रासायनिक र जैविक ट्रिटमेण्ट गरेर पानी सप्लाई गर्छौं”, कुँवरले भन्नुभयो, “नारायणपुर क्षेत्रको पानीमा आइरन बढी थियो आइरन घटाएर पानी सप्लाई हुन्छ ।”

नारायणपुरमा शुद्धीकरण गरेको पानी वितरण हुन थालेपछि कैलालीका पाँच ठाउँका उपभोक्ताले शुद्धीकरण गरेको पानीखान पाएका छन् । २०५७ सालमा स्थापना भएको नारायणपुर खानेपानी संस्थाले २०७३ सालबाट उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत त्यस क्षेत्रमा खानेपानी वितरण भइरहेको छ । “टीकापुरका ६, ७ र ९ का केही वडामा पानी वितरण भइरहेको छ ।” नारायणपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी खनालले भन्नुभयो, “अहिलेसम्म २०० घरपरिवारले मात्र धाराको पानी खाइरहेका छन् ।”

उहाँले खानेपानीका बारेमा उपभोक्ता सचेत नभएको गुनासो गर्नुभयो । यसअघि उपभोक्ता समितिले धारा जडान गर्दा रु तीन हजार ८०० लिने गरेको भए पनि अब रु सात हजार लिने निर्णय गरेको बताइन्छ । मासिक रु १०० प्रति उपभोक्ता शुल्क लिने गरिएको छ । ५० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । नारायणपुरमा शुद्धीकरणसहितको पानी वितरण हुन थालेपछि उपभोक्ता हर्षित भएका छन् । आइरन बढी भएको पानी पिउन बाध्य नारायणपुरका दुई हजार परिवार बासिन्दा शुद्धीकरणबाट खानेपानी मापदण्डको पिउने पानीखानी पाउने भएका छन् । फिल्टर जडानले उपभोक्तालाई सचेत गराएको स्थानीयको भनाइ छ ।

(https://hoyoskitchen.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सोमबार अमेरिका जाँदै
प्रचण्ड सोमबार अमेरिका जाँदै
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
सत्तामा माओवादीलाई ३० प्रतिशत
सत्तामा माओवादीलाई ३० प्रतिशत
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?