कसरी बन्यो चितवन दुधमा आत्मनिर्भर ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २९, २०७६
|
|
५८ पटक हेरिएको
Shares
कसरी बन्यो चितवन दुधमा आत्मनिर्भर ?

सारांश

  • देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चितवन दूधमा आत्मनिर्भर भएको छ ।
  • भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो ।
  • केन्द्रका प्रमुख डा विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ ।

देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चितवन दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ । श्रेष्ठले भने, “जिल्लामा छ लाख २५ हजार जनसङ्ख्या छन्, जसलाई दैनिक एक लाख ५६ हजार लिटर दूध आवश्यक पर्दछ ।” उनको भनाइमा जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जाने गरेको छ । श्रेष्ठले धेरै दूध काठमाडौँ जाने जानकारी दिँदै बाँकी कास्की र छिमेकी जिल्लामा जाने गरेको बताए । केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन् । स्थानीय तहको पशु सेवा शाखामार्फत तथ्याङ्क लिइएको हो । चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशील छन् । उनले सरकारले सहयोग गरेमा पाँच वर्ष्भित्रमा हालको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने जानकारी दिए । गाई, बाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दूध र गाईसमेत बाहिरबाट नेपालमा ल्याउन नपर्ने गरी यही उत्पादन गर्न सकिने न्यौपानेको भनाइ छ ।

यसैगरी किसानलाई दिइने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान पर्याप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिइने, भ्याक्सिन समयमा नपाउनेजस्ता समस्या भएको न्यौपानेले जानकारी दिए । यस जिल्लालाई आज दूधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिँदैछ । यसअघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रूपमा घोषित भएको थियो । पशुसेवा विज्ञ केन्द्रका अनुसार चितवनलाई दोस्रो जिल्लाको रूपमा घोषणा गरिँदैछ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज
बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज
भौतिक पूर्वाधार तथा यातायातमन्त्री  महासेठलाइ हटाउन यस्ताे पत्र !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाइ हटाउन यस्ताे पत्र !
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
कृषिमा युवालाई सहभागी बनाउने पिरलो, कृषि सम्मेलन हुँदै
कृषिमा युवालाई सहभागी बनाउने पिरलो, कृषि सम्मेलन हुँदै
बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ
बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ
डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी
डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना

तपाईंले छुटाउनुभयो कि?