राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।
  • विदेशमन्त्री एस जयशंकरले बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।

विदेशमन्त्री एस जयशंकरले बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान नै काठमाडौ आएका हुन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए।

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए। सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने
लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
कांग्रेस नेता कृष्ण सिटौलाले मतदान गरे
कांग्रेस नेता कृष्ण सिटौलाले मतदान गरे
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?
देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं क्षेत्र  ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
काठमाडौं क्षेत्र ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता