प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २२, २०७६
|
|
५७ पटक हेरिएको
Shares
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन

सारांश

  • बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ ।
  • ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो ।
  • बढ्दो जनसङ्ख्याका कारण हेंवाघाटमा शवदहन गर्ने सङ्ख्या बढिरहेको छ ।

बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । बढ्दो जनसङ्ख्याका कारण हेंवाघाटमा शवदहन गर्ने सङ्ख्या बढिरहेको छ । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेको पाइएपछि फोहर जलाउन मिल्ने फलामको डस्टबिनको व्यवस्था गरिएको क्लबका मिलन विश्वकर्माले जानकारी दिनुभयो ।

हेंवाघाट र घाट नजिकै खाजा बाँड्ने स्थानमा एक÷एक डस्टबिन तथा सूचनापाटी स्थापना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा क्लबले यी सामग्री फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले युवाहरुले रूपान्तरण र सुधारका लागि नवीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । क्लबले पाँचथरमा स्थानीयस्तरका समस्या समाधान, मानवीय सहयोग तथा जागरणका काम गरिरहेको पाइएको भन्दै सभापति थेबेले खुशी व्यक्त गर्नुभयो ।

गत दीपावलीमा देउसीभैलो खेलेर सङ्कलित रकमबाट उक्त डस्टबिनको प्रबन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेको भनाइ छ । यो क्लबले पाँचथरमा ‘जीवित रगत बैंक’ स्थापना गर्न लागेको जनाएको छ । हेंवाघाटमा सरकारी लगानीबिना नै यहाँ नागरिक तथा जातीय सङ्घसंस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् । घाटमा पूर्वाधार निर्माणमा सक्रिय हेटनारायण श्रेष्ठका अनुसार यहाँ शव जलाउने घाट नेवाः दयदबु पाँचथरले निर्माण गरेको छ भने मलामी बस्ने चौतारो नेपाल मगर सङ्घ पाँचथरले निर्माण गरेको छ । समाजसेवी मित्रप्रसाद काफ्लेले यहाँ स्वच्छ खानेपानीको प्रबन्ध मिलाउनुभएको छ । दैनिक प्रयोग हुने घाटमा पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीले  गरे सत्याग्रहको घोषणा
डा. गोविन्द केसीले गरे सत्याग्रहको घोषणा
निःशुल्क आँखा शिविर
निःशुल्क आँखा शिविर
उपत्यकाबाट ५८ मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाबाट ५८ मेट्रिक टन फोहर व्यवस्थापन
निशान हत्या प्रकरण: ​ प्रहरीकाे एसएमएसका कारण जोगाउन सकिएन
निशान हत्या प्रकरण: ​ प्रहरीकाे एसएमएसका कारण जोगाउन सकिएन
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको पर्यटन मन्त्रीको स्पष्टोक्ति
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

तपाईंले छुटाउनुभयो कि?