दुई लाखलाई रोजगारी दिइँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
४५ पटक हेरिएको
Shares
दुई लाखलाई रोजगारी दिइँदै

सारांश

  • काठमाडौं, मंसिर ५ ।
  • देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो सङ्ख्याका बेरोजगार युवाले आवेदन दिएका हुन् ।

काठमाडौं, मंसिर ५ । देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो सङ्ख्याका बेरोजगार युवाले आवेदन दिएका हुन् । यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको सङ्ख्या थपिने छ ।

श्रम मन्त्रालयले उक्त कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ तर रोजगारीका लागि आवेदन दिने बेरोजगारको सङ्ख्या भने अत्यधिक छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको सङ्ख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका कारण बेरोजगारको सङ्ख्या बढ्दै गएको छ । देशभित्र कति युवाले रोजगारी गुमाए भन्ने तथ्याङ्क छैन ।

श्रम मन्त्रालयले स्थानीय तहमा खटिएका रोजगार संयोजकबाट सङ्कलन गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिएका आधारमा सूचीकृत गरेको जनाएको छ । मन्त्रालयले स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा स्थानीय तहलाई पत्राचार गर्दै बेरोजगार युवालाई आ–आफ्नो पालिकामा गत भदौ ७ सम्म आवेदन दिने समय तोकेको थियो । पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरी रोजगार संयोजकसमक्ष पठाएपछि संयोजकले बेरोजगारीको सूचीमा सूचीकृत गर्छन् । योे सङ्ख्या बेरोजगारको सूचीकृतको सूची हो ।श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक सुमन घिमिरेले मन्त्रालयले देशका ७५३ वटा स्थानीय तहमा सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रमार्फत बेरोजगारीको नाम सङ्कलन गरेर छनोट गरेको जानकारी र्दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
OMG! Vinod Kambli and his wife accuses singer Ankit Tiwari’s father of inappropriately touching her
OMG! Vinod Kambli and his wife accuses singer Ankit Tiwari’s father of inappropriately touching her
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चीन र भारतको सैनिक शक्ति कसको कति ?
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
ओली-नेपाल भनावैरी ठाकुर-यादव शान्त
ओली-नेपाल भनावैरी ठाकुर-यादव शान्त
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
पुस १० गते बिहिबारको राशिफल यस्तो छ
पुस १० गते बिहिबारको राशिफल यस्तो छ
आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण
आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या

तपाईंले छुटाउनुभयो कि?