बैतडीका तीन युवती बेपत्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २१, २०७९
|
|
५४ पटक हेरिएको
Shares
बैतडीका तीन युवती बेपत्ता

सारांश

  • बैतडी ।
  • बैतडीका तीन युवती बेपत्ता भएका छन् ।
  • जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् ।

बैतडी । बैतडीका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् ।

मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए।

भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ । सम्पर्कविहीन हुनुभएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन् । उक्त दम्पतिका दुई छोरा छन् ।

यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएका छन् । यही चैत १६ गते घरबाट हिँड्नु भएकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन् । पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ ।

जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छन् । यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए । चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छुु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेश सरकार १२ बाट सात मन्त्रालयमा झर्‍यो
गण्डकी प्रदेश सरकार १२ बाट सात मन्त्रालयमा झर्‍यो
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन
महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन

तपाईंले छुटाउनुभयो कि?