गण्डकी प्रदेश सरकार १२ बाट सात मन्त्रालयमा झर्‍यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
गण्डकी प्रदेश सरकार १२ बाट सात मन्त्रालयमा झर्‍यो

सारांश

  • काठमाडौं  ।
  • गण्डकी प्रदेशका १२ वटा मन्त्रालयलाई घटाएर सात वटा मन्त्रालयमा झारिएको छ ।
  • मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरूसँग आइतबार छलफल गरी मा १२ वटा मन्त्रालयलाई सातमा झार्नुभएको हो ।

काठमाडौं  । गण्डकी प्रदेशका १२ वटा मन्त्रालयलाई घटाएर सात वटा मन्त्रालयमा झारिएको छ ।मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरूसँग आइतबार छलफल गरी मा १२ वटा मन्त्रालयलाई सातमा झार्नुभएको हो । सोमबार बिहान मन्त्रालयको अन्तिम टुङ्गो लागेको छ ।  

गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय कायम गरिएका छन् । यस अघि फुटाएर बनाइएका पाँच वटा मन्त्रालय हटाइने भएको छ । मुख्यमन्त्रीले सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाउनुभएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?