आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु

सारांश

  • काठमाडौं, १४ माघ ।
  • बाम गठवन्धनको कार्यदल बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा सुरु भएको छ ।
  • बैठकमा प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं, १४ माघ । बाम गठवन्धनको कार्यदल बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा सुरु भएको छ । बैठकमा प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले ६ वटा प्रदेशको मुख्यमन्त्री र सभामुख टुङगोे लगाउने बताइउको छ । प्रदेश सरकार गठन र पार्टी एकता प्रक्रियाबारे छलफल हुने कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।

कार्यदलभित्र मुख्यमन्त्री पहिला टुङग्याउने गरी छलफल सुरु भएकाले सम्भवत आज उक्त विषयको टुङगो लाग्नेछ ।

बैठकमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादीका रामबहादुर थापा बादल र मात्रिका यादव सहभागि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?