कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ११, २०७५
|
|
५० पटक हेरिएको
Shares
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो

सारांश

  • रुस ।
  • रसियामा चलिरहेको विश्वकमा पोल्याण्ड बाहिरिएको छ ।
  • आइतबार राति पौने १२ बजे भएको खेलमा कोलम्बियासँग ३–० गोलले पराजित हुँदै पोल्याण्ड विश्वकपबाट बाहिरिएको हो ।

रुस । रसियामा चलिरहेको विश्वकमा पोल्याण्ड बाहिरिएको छ । आइतबार राति पौने १२ बजे भएको खेलमा कोलम्बियासँग ३–० गोलले पराजित हुँदै पोल्याण्ड विश्वकपबाट बाहिरिएको हो ।

कोलम्बियाको जितमा राडामिल फाल्कोव, युरि मिना र जोन काउड्राडोले गोल गर्दै जित दिलाएका हुन् । पहिलो हाफको ४०औं मिनेटमा मिनाले जेम्स रोड्रिगेजको क्रसममा गोल गर्दै पहिलो हाफमा कोलम्बियालाई १–० को अग्रता दिलाएका थिए।

समूह एच अन्तर्गतको खेलमा पोल्याण्ड पराजित गरेसँगै कोलम्बियाले अन्तिम १६ को आशा जीवितै राखेको छ। विश्वपमबाट बाहिरने पहिलो युरोपियन राष्ट्र पोल्याण्ड बनेको छ।
पहिलो खेलमा जापानसँग हारेको कोलम्बिया ३ अंक जोड्दै समूहको तेस्रोमा पुगेको छ । ४ अंकसहित जापान शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?