ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित

सारांश

  • काठमाडौं, ७ माघ ।
  •  स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरमा हराएको छ।
  • सोमबार बिहान घरेलु मैदानमा भएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाको जितमा कप्तान मेसी, ओस्माने डेम्बेले र लुइस स्वारेजले एक -एक गोल गरे।

काठमाडौं, ७ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरमा हराएको छ। सोमबार बिहान घरेलु मैदानमा भएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाको जितमा कप्तान मेसी, ओस्माने डेम्बेले र लुइस स्वारेजले एक -एक गोल गरे।

यो जितसँगै अंक तालिकाको शिर्षस्थानमा रहेको बार्सिलोनाले आफ्नो निकट्तम प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग पुनः पाँच अंकको अग्रता लिएको छ ।

खेलको ३२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए। पहिलो हाफमा १-० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। तर, पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए।

बार्सिलोनाका लागि लुइस स्वारेजले खेलको ७१ औं मिनेटमा गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा ६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका कप्तान मेसीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे।

यो जितसँगै बार्सिलोनाले अंक तालिकामा ५ अंकको अग्रता बनायो। लिगमा २० औं चरणका सबै खेल खेलिसक्दा साविक विजेता बार्सिलोना ४६ अंकसहित तालिकाको पहिलो स्थानमा छ। ४१ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो, ३६ अंकसहित रियल म्याड्रिड तेस्रो, ३३ अंकसहित सेभिल चौथो र ३२ अंकसहित डेपोर्टिभो आल्भेस पाँचौं स्थानमा छन्। लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ
पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !
३५ लाख पर्ने घरजग्गा ३ लाखमै पास गराएपछि…
वर्षामा ठूलो जनधनको क्षति हुनुको कारण यस्तो
वर्षामा ठूलो जनधनको क्षति हुनुको कारण यस्तो
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव

तपाईंले छुटाउनुभयो कि?