प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
सारांश
- काठमाडौं: नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमानसिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्।
- शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको स्थिति निकै कमजोर देखिएको भन्दै नेतृत्वले पराजयको जिम्मा लिएर राजीनामा गर्नुपर्नेमा जोड दिए।
- उनले भने ‘हुन त राजीनामा दिने विषय नेतृत्वको स्वविवेकको कुरा हो तर लोकतन्त्रमा पार्टीले पराजय भोगे त्यसको जिम्मवारी नेतृत्वले लिने प्रचलन हुन्छ।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमानसिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको स्थिति निकै कमजोर देखिएको भन्दै नेतृत्वले पराजयको जिम्मा लिएर राजीनामा गर्नुपर्नेमा जोड दिए।
उनले भने ‘हुन त राजीनामा दिने विषय नेतृत्वको स्वविवेकको कुरा हो तर लोकतन्त्रमा पार्टीले पराजय भोगे त्यसको जिम्मवारी नेतृत्वले लिने प्रचलन हुन्छ।’
सभापति देउवाले राजीनामा नदिए पार्टीको विधानअनुसार अघि बढ्ने सिंहको भनाइ थियो। पार्टीभित्र व्यापक सुधारको खाँचो औल्याउँदै उनले भने, ‘पार्टी विरामी अवस्थामा छ यसको उपचार जरुरी भइसक्यो।’
प्रतिक्रिया