ठूलो परिमाणमा लागूऔषध बरामद ३ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
ठूलो परिमाणमा लागूऔषध बरामद ३ जना पक्राउ

सारांश

  • लहान, जेठ ३ ।
  • प्रहरीले सिराह र सुनसरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
  • सिराहा लहान नगरपालिका ३ बाट एक र सुनसरी वराह नगरपालिका १० बाट दुई गरी ३ जनालाई पक्राउ गरेको हो ।

लहान, जेठ ३ । प्रहरीले सिराह र सुनसरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
सिराहा लहान नगरपालिका ३ बाट एक र सुनसरी वराह नगरपालिका १० बाट दुई गरी ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका ३ का ज्ञान बहादुर कामीत, धरान उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय अजय विश्वकर्मा र धरान कै २४ वर्षीय निवेक श्रेष्ठ रहेका छन् ।

प्रहरीले ज्ञान बहादुर कामीतको घरबाट ९८ थान फेनारगन इन्जेक्शन, ३१ थान एम्पुल,१९ थान डाईजापामका साथै २३४ थान इन्जेक्शन, ५८ थान नाईट्रोजनफाम टाबलेट र एउटा नक्कली पेस्तोल बरामद गरेको छ ।

त्यस्तै प्रहरीले मंगलबार सुनसरी वराह नगरपालिका १० प्रकाशपुरबाट चार हजार ३ सय ५० थान लागूऔषद स्पास्मोप्रोक्सिवन र एक सय मि।लि। को ५० बोतल डाइलेक्स डिसीसहित दुई युवालाई पक्राउ गरेको थियो ।

प्रहरी चौकी प्रकाशपुरको टोलीले विशेष सुचनाका आधारमा वराह नगरपालिका १० नहर चौकबाट पक्राउ गरेको हो। को २५ प ६४८८ नम्वरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा कालो लेदरको ब्यागबाट सो परिमाणको लागुऔषध फेला परेको थियो।

उक्त लागुऔषध भारतको भिमनगर बजारबाट नेपाल भित्र्याईएको र सुनसरीको धरानतर्फ बिक्रिका लागी लैजादै गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
    ? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 12:10 PM ?
    ?☔? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ?☔?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?