शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने

सारांश

  • कञ्चनपुर, ९ पुस, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ ।
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।
  • पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टरलगायत न्यूनतम पर्यटकीय पूर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दै जाने र पर्यटक, प्रकृति पथप्रदर्शक, राजश्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजश्व राखिला गर्न भनिएको छ ।

कञ्चनपुर, ९ पुस, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।

पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टरलगायत न्यूनतम पर्यटकीय पूर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दै जाने र पर्यटक, प्रकृति पथप्रदर्शक, राजश्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजश्व राखिला गर्न भनिएको छ ।

विभागका सहायक व्यवस्थापन अधिकृत विष्णुप्रसाद थपलियाले हस्ताक्षर गरेको पत्रमा १६ असोजको निर्णयअनुसार कार्यान्वयन गराउन निर्देशन दिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले विभागले दिएको पत्रअनुसार प्रवेशद्वार खोल्ने बारे कार्य अगाडि बढाइन लागेको बताउनुभयो ।

“नयाँ खुल्ने प्रवेशद्वारसँगै जङ्गल सफारीका लागि समेत कार्य अगाडि बढाइन्छ” उहाँले भन्नुभयो । नयाँ प्रवेशद्वार खुलेमा भारतीय पर्यटक भित्र्याउन सहज हुने देखिएको छ । अहिले पर्यटकले निकुञ्जको मुख्य कार्यालय रहेको मझगाउँबाट मात्रै निकुञ्ज प्रवेश गर्न पाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक
सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
अन्ततः प्रचण्ड पनि मिडिया विधेयककै पक्षमा
अन्ततः प्रचण्ड पनि मिडिया विधेयककै पक्षमा
संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे
संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय

तपाईंले छुटाउनुभयो कि?